भिमाद सञ्चार
तनहुँ २०८२ पौष १२
घिरिङ । घिरिङ गाउँपालिकामा रहेको पार्वती आधारभुत विद्यालयका विद्यार्थीहरुलाई जाडोको कपडा वितरण गरेका छ ।
घिरिङ गाउँपालिका वडा नं २ मा रहेको पार्वती आधरभुत विद्यालयमा अध्यायनरत ५० जना विद्यार्थीलाई जाडोको कपडा वितरण गरिएको हो । तनहुँ जिल्ला घिरिङ गाउँपालिका २ ओर्चुलुङ निवासी निर्मला नेपालीले आफ्नो स्वर्गिय श्रीमान गोपाल नेपालीको तेस्रो बार्सिकि पुन्यतिथिको स्मृतिमा श्री पार्वती आधारभुत विद्यालयका कक्षा १ देखी ५ सम्मका विद्यार्थीलाई निर्मलाकी सासु आमाको उपस्थितिमा सुईटर, टोपी लगाएतका न्यानो कपडा वितरण गरेका थिए ।
निर्मला हाल रोजगारको सिलसिलामा जापानमा कार्यरत रहिकी छन् । कार्यक्रममा वडा नम्बर -२ का वडा अध्यक्ष नर बहादुर थापा , चन्द्र ज्योति मा वि का विद्यालय व्यावस्थापन समितिका अध्यक्ष शेर बहादुर थापा, शिक्षक अभिभावक संघका अध्यक्ष ,विद्यालयका प्रधानाध्यापक, तथा शिक्षक ,शिक्षिका, समितिकाहरूको उपस्तिथि रहेको घिरिङबाट गोपाल बि क ले जानकारी गराए ।
।









