भिमाद सञ्चार

तनहुँ २०८२ पौष २८

नेकपा एमाले भिमाद ७ वडा कमिटीको सकृयतामा भिम भैरब मोटर मार्ग मर्मत तथा श्रम शिबिर सम्पन्न भएको छ। भिमाद नगर पालिका वडा नं ७ कमिटी अध्यक्ष सालिक राम गहतराजको अध्यक्षता र नगर कमिटी अध्यक्ष इमान थापा को प्रमुख आतिथ्यतामा जीर्ण बन्दै गएको भिम भैरब मोटर मार्गमा मर्मत तथा श्रम शिबिर सम्पनन गरिएको हो ।

 

श्रम शिबिरमा सहभागी हुनुभएका नगर कमिटीका अध्यक्ष थापाले भिमाद देखि स्याङजाको हरिनास सम्म सयौ सवारी साधन दैनिक गुड्ने र बाटो जीर्ण बन्दै जादा कसैको पनि ध्यान नपुगेको र सर्ब साधरणले बाटो बिगृएको गुनासो गरिरहेको समयमा एमलेको वडा कमिटीले उदाहरणिय काम गरेको दावी गर्नुभयो ।

 

वडा कमिटीले बैठक मार्फत निर्णय नै गरि कदम बोटे, देउराली ,पोखरीछाप, ठाटी ठोक र हटियासम्म बाटोमा खाल्टा खुल्टी पुरेर सम्भावित दुर्घटना टार्न प्रयास गरेको अध्यक्ष शालिकराम गहतराजले बताउनुभयो । उहाँले जीर्ण मार्गमा दुर्घटना बढ्दै जादा सरकारको अपेक्षा गर्नुभन्दा आफ्नो ठाउँ आफै बनाउनुपर्छ भन्ने उदेश्यले पार्टी नेता र कार्यकर्ताको सहभागितामा श्रम शिबिर सञ्चालन गरिएको जानकारी दिनुभयो।

 

बाटो मर्मत सम्मार तथा श्रम शिबिरमा नेकपा एमाले जिल्ला कमिटी सदस्य बिर बहादुर बस्याल ,लाल ब थापा नगर सचिबालय सदस्य अशोक शुन्दर श्रेष्ठ , नेपाल लोक तान्त्रिक मगर संघ के सदस्य जिम राना जिल्ला सल्लाकार शुकी नारायण श्रेष्ठ नगर कमिटी सदस्य अमर थापा नगर सललाकार मोहन बहादुर श्रेष्ठ,वडा कमिटी सचिब स्याम कुमार श्रेष्ठ ,उप सचिब पदम थापा ,कृष्ण कुमारी कडेल लेखा समितिसंयोजक भबि लालपराजुली, सल्लाकार संयोजक तुल बहादुर थापा वडा सदस्य रनजना परियार, पूरब बडा सदस्य मधु मायम बि क साथै वडाकमिटी सदस्य टोल कमिटी सदस्यसहित करिब तिस जना श्रम शिबिरमा सहभागी भएका थिए ।