अखिल नेपाल फुटबल संघ ( एन्फा ) तनहुँले फाल्गुन ३ गते देखि शुरू गरेको तनहुँ जिल्ला लिग फुटबल प्रतियोगितामा सेमीफाइनल खेल   सकिएको छ
आज (बिहीबार ) भएको सेमीफाइनल खेलबाट दोभान युवा क्लब दमौली र अजम्बरी युवा क्लब बन्दीपुर फाइनलमा प्रवेश गरेका छन्  आज भएको पहिलो फाइनल खेलमा युवा क्लब भिमादलाई पेनाल्टी सुट आउट ४-२ गोलले पछि पार्दै दोभान युवा क्लब दमौलीले फाइनलको यात्रा तय गरेको हो भने खैरेनीटार युवा क्लब खैरेनीलाई २-१ गोलले पछि पार्दै अजम्बरी युवा क्लब बन्दीपुर फाइनल खेलमा प्रवेश गरेको एन्फा तनहुँले जनाएको छ प्रतियगिताको विजेता तथा उपविजेता टिमले क्रमश १ लाख , ५० हजार प्राप्त गर्ने छन् ।