• प्रथम तनहुँ जिल्ला आई टी एफ तेक्वान्दो टेक्निकल तथा सेमिनार तथा स्पेसल ट्रेनिंग शनिबार सम्पन्न भएको छ । भिमाद नगरपालिका ६ स्थित भिमाद रंगशालामा तनहुँका जिल्ला भित्रका ४ वटा टेक्वान्दो एकेडेमीको उपस्थितिमा ट्रेनिङ्ग सम्पन्न भएको भिमाद तेक्वान्दो एकेडेमीका प्रशिक्षक आकाश चन्द्र घर्ती मगरले जानकारी दिए । ट्रेनिङ्गमा भिमाद तेक्वान्दो दोजाङ , ऋषिङपाटन तेक्वान्दो दोजाङ , एक्लेफाँट तेक्वान्दो दोजाङ र शुक्लागण्डकी तेक्वान्दो दोजाङको सहभागिता रहेको उनले बताए । तेक्वान्दो खेलका खेलाडीहरूलाई  खेलप्रति आकर्षित गर्न, आत्मबल बृद्धि गर्न साथै जिल्ला भरका खेलाडीहरू बिच चिनजान बढाउनको लागि कार्यक्रमको आयोजना गरेको भिमाद तेक्वान्दो दोजाङले जनाएको छ । सो अवसरमा १२० खेलाडीहरूलाई भिमाद तेक्वान्दो दोजाङका मुख्य प्रशिक्षक आकाश चन्द्र घर्ती मगर साथै अन्य दक्ष एबम् अनुभवी प्रशिक्षकहरुद्वारा प्रशिक्षण दिइएको थियो ।