क्षतिको विवरण आउन बाकि, भीषण आग्लागि नियन्त्रण हुन नसकेपछि आगो निभाउन हेलिकप्टरको प्रयोग ।
तनहुँ ब्यास नगरपालिका -४ पृथ्वीराजमार्ग नजिकै मुख्य चोकमा आइतबार बिहान करिब १० बजेबाट भीषण आग्लागि भएको हो । भुपाल हार्डवेर, ज्योति जनरल सप्लायर्समा ब्यवसायिस ठुलो क्षति हुनुको साथै आसपासका स्थानियहरुको घरमा क्षति भएको छ । उक्त घटना प्रति श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठ आगलागि भएको केहि समयपछि आगो निभाउन सिम्रिक हेलिकप्टरबाट दमौलि आईपुगेका थिए । पीडित परिवारलाई सरकारको तर्फबात उचित क्षतिपूर्ति दिईने प्रतिबद्धता व्यक्त गर्दै जनताको पिरमर्कमा सधै साथमा रहने सहानुभूति व्यक्त गरे । यसै क्रममा आगलागीबाट पीडितलाई राहत उपलब्ध गराउन माग गर्दै आगलागीको यथार्थ मुल्यांकन सहित उचित क्षतिपूर्ति उपलब्ध गराउन काङ्ग्रेस तनहुँले सरकार समक्ष माग गर्दै बिज्ञाप्ति प्रकाशित गरेको छ । ब्यवसायिक र आर्थिक रुपमा ठुलो क्षति भएपनी उक्त घटनामा मानवीय क्षति भने भएको छैन ।