कास्कीको पोखरा ८ सृजनाचोक साईमन पार्टीप्यालेसमा २४ गते मंगलबार नेपाल कम्युनिष्ट पार्टी एमालेको अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम को आयोजनामा नेकपा (एमाले) गण्डकी प्रदेशले गरेको हो ।

पूर्वप्रधानमन्त्री एवम् नेकपा ( एमाले ) अध्यक्ष के पि शर्मा ओलिको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा आज बिभिन्न पार्टी परित्याग गरि ठुलो संख्यामा नेकपा एमाले पार्टी प्रवेश गरेको स्रोतले जनाएको छ । बिगत लामो समय देखि राजनीनैक अभ्यासको विभिन्न तह र तप्काका रहेर जनता र समज प्रती समर्पित समतामूलक समाजको निर्माणको खोजिमा सुसासनको पक्षमा रहेर समृधा नेपालको परिकल्पनामा रहेका ज.स.पा. नेपालका प्रदेश सदस्य एवम् तनहुँ ब्यास नगर संयोजक युवा नेता ८ बर्ष पछि पुनः आफ्नै पुरानो घरमा फर्किएका जनाकरी गराएका हुन । हिजो जादा सिङो म एक्लै गएको थिए आज ब्याज अनि ब्याजको स्याज त्यो भन्दा बढी लिएर फर्किएको छु भन्दै आत्मा ग्लानी गरेका थिए । गण्डकी प्रदेश  पार्टी प्रबेश कार्यक्रममा प्रदेश भित्रका जिल्लाहरू वाट आजमात्रै विभिन्न पार्टी परित्याग गरि नेकपा (एमाले )पार्टी प्रबेशमा करिब १,३०० जनाले पार्टी प्रवेश गरेका र त्यसमध्ये तनहुँबाट मात्रै १९२ जना अमर बहादुर भणडारी नेतृत्वमा एकैपटक पार्टी प्रबेश गरेको जानकारी गराए । आफू फेरि पुरानै घरमा आउँदा खुशी भएको र पार्टीको बिधान र देश र जनता प्रती सधै बफादार रहि काम गर्ने प्रतिबद्ध जाहेर गर्दै निरन्तर समृधा नेपाल सुखी नेपाली बनाउने अभियानमा आफ्नो पनि साथ र सहयोग रहने भन्दै आफ्नो भनाइ व्यक्त गरेका थिए ।