तनहुँको भिमाद नगरपालिका ६ स्थित माउण्ट अन्नपूर्ण बोर्डिङ स्कुले ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवस भव्यताको मनाएको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा प्रभातफेरी निकाली महिला दिवस मनाएको माउण्ट अन्नपूर्ण बोर्डिङ स्कुलका प्रिन्सिपल शोभाकान्त पाण्डेले जानकारी दिनुभयो । ” सामाजिक न्याय र लैङ्गीक समानता , दिगो विकाशको सुनिश्चितता ” भन्ने नारासहित माउण्ट अन्नपूर्ण बोर्डिङ स्कुलका शिक्षक , विद्यार्थी एबम् मिलिजुली आमासमुह बागटारले प्रभातफेरी निकालीएको उहाँले बताउनुभयो । विद्यालयबाट शुरू भएको र्याली नगरपालिका चोक , लखनचोक , रत्नचोक , कुमारचोक , ठाडोलाइन , शितल चौतारी पुगी विद्यालयको प्राङ्गणमा गइ कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै विद्यालयकी संस्थापिका सुनिताले ढकालले नारी दिवसको सुरुवात , नारी जगतको महत्त्व र अस्तिवको बारेमा आफ्नो भनाई व्यक्त गर्नुभएको थियो । कार्यक्रममा बोल्दै शोभाकान्त पाण्डे , मिलिजुली आमासमुहकी सदस्य शुकला उपाध्यायले महिलाहरुलाई २१ औं शताब्दीमा आइसक्दापनि नारीपुरुष विच सामान व्यवहार गर्ने भनिएता पनि भनाइमा मात्र सीमित भएको बताउनु भएको थियो । अहिले पनि महिलाहरुलाई अगाडि बढ्न पितृसत्ता बाधक बनिरहेको बताएका थिए । महिलाहरु समाज परिवर्तन , समृद्धि र विकासको लागि सक्षम रहेको बताए ।