घिरिङ बहुद्दशीय सहकारी संस्था र घिरिङ गाउँपालिको संयुक्त आयोजनले घिरिङ स्वास्थ्य चौकीमा फाल्गुल २७ गते शुक्रबारको दिन नसर्ने रोग सम्बन्धि सचेतना र रक्तचाप तथा मधुमेह परिक्षण शिविर सम्पन्न भएको छ ।

पछिल्लो समयमा खानपानको कारण संगै विलाशिलाताको जिवन शैलिको कारणले मानव शरिरमा प्रतक्षा वा अप्रतक्षा रुपमा नसर्ने रोग (दिर्घारोग) जस्तैः रक्तचाप तथा मधुमेह सम्बन्धि समस्यबाट अधिक मात्रामा अकालमानै मृत्यु भईरहेको पछिल्लो तथ्यङकमा पाईएको छ । यदि हामीले यस सम्बन्घि सजक र खानपिनमा ख्याल नपुर्‍याउने शारीरिक ब्यायाम नहुने हो भेन कुनै पनि समयमा मानविय ठूलो क्षति नहोला भन्न सकिदैन ।

त्यसैले स्वस्थ्यनै मानिसको अमुल्य सम्पत्ति हो भन्दै उक्त कार्यक्रमका प्रमुख अतिथि घिरिङ गाउँपालिका अध्यक्ष रन बहादुर रानाले आफ्ना भनाई राखेका थिए । घिरिङ गाउँपालिकाका जनताहरु रक्तचाप र मधुमेह जस्तो रोगको समस्यले शरीरिक अपांगता भएर बाच्न भन्दा आफ्नो खानपिन र जिवनसैलि सुधार्नमा घिरिङ गाउँपालिकाका समाजसेवी गोपाल बि क ले सल्लाह दिनुभएको थियो । 

१२९ जना सहभागी भएका कार्यक्रममा डा.रमेश अधिकारी बाट ९५ जना स्वस्थ्य परिक्षण भएको थियो । घिरिङ स्वास्थ्य चौकीका प्रमुख प्रितम थापा द्वरा संचालित उक्त कार्यक्रममा गाउँपालिका उपध्यक्ष सरस्वनी सिग्देल, सेती माया गौतम, शेर बहादुर थापा उम बहादुर आले लगाएत बक्ताले आ–आफ्नो भनाई राखेका थिए  ।