तनहुँ भिमाद नगरपालिका ६ क्याम्पसरोड स्थित पानी पँधेरो ट्रेड प्रा.लि.ले पोखराको अपार सफतापछि आफ्नो ब्यावसाय सहतिको शाखा सेवा विस्तार गरेसंगै २८ गते शनिबार भव्यताका साथ औपचारीक रुपमा उद्घाटन गरेकोछ ।

कार्यक्रकमा प्रमुख अतिथी भिमाद नगरपालिकाकी उपमेयर सारदा खनाले पानी पँधेरो ट्रेड पा.लि.को औपचारीक उद्घाटन गर्दैै भिमादको सुन्दर नगरीमा एउटै छानामुनिबाट हरेक दैनिक उपभोग्या गुणस्तरीय सामानहरु सुपथ मुल्यमा उपलब्ध गराई सर्वसाधारण माझमा सेवा दिन आएकोमा समग्र पानी पधेरो परिवारलाई भिमादमा स्वागतका साथै धन्यावाद ब्यक्त गर्दै आगमी दिनमा पानी पँधेरो साच्चीकै पानी पँधेरो बन्न सकोस, पछिल्लो समयमा प्रतिस्प्रधाको बजारमा हरेक बस्तुहरुमा गुणस्तरीय र सुपथ मुल्य सहित कर्माचारीहरुलाई मुस्कान सहितको सेवा उपलब्ध गराई मन जित्नमा सल्लाह सहितको शुभकामना ब्यक्त गरिएको थियो ।

सञ्चालक समितीका सदस्य कमल प्रसाद घिमिरे द्वारा सञ्चालित उद्घाटन कार्यक्रमका अध्यक्ष कुल देव भट्टाराईले आगमी दिनमा ग्राहकवर्गहरुको आवश्यकतालई ध्यानमा राखी ३६५ दिनमा ३६५ दिननै कुनै पनि दिन हात खालि नहुने उपहार सहितको सेवा प्रदान गरिने जानकारी गराएका थिए । पानी पँधेरा ट्रेड प्रा.लि.का अर्का एक हस्ती भिमादबाटै संघर्ष गरेका भिमादका युवा ब्यावसायी सूर्य कुमार श्रेष्ठ कार्यक्रमको संयोजकत्व गर्दै आफ्नै शहरमा पानी पँधेरोको शाखा ल्याएर यहाँका स्थानीयहरुलाई प्रथामिकताको साथमा ब्यापारीक सेवा र रोजगारी उपलब्ध गराउन पाएकोमा खुशि ब्यक्त गरेका थिए । उद्घाटन समयको एक दिन हरेक उपभोग्य सामानका ५० प्रतिशत छुटको ब्यबस्था रहेको जानकारी गराएका थिए । साथै विगतको बर्षको उपहार कार्यक्रमका विजेता पनि भिमाद शाखाका ग्राहकलाई र यस वर्षको चाडपर्वको अफर उपहार पनि भिमाद शाखाका ग्राहकमा २ तोला सुन उपहार म्याग्दे गाउँपालिका ५ की माया गुरुङलाई परेको हुदाँ आफू खुशी भएको बताएका थिए ।

आगमी दिनहरुमा ग्राहकहरुको सल्लाह सुझाव सहित सेवामा तत्पर रहने प्रतिबद्धता ब्याक्त गरेका थिए । कार्यक्रमको आर्षकको रुपमा पानी पधेरो गितकी गाइका एलिना चौवानले थप संगितमय गराएकी थिइन साथै विविध सांस्कृतिक कार्यक्रहरु संगै समापन भएको थियो ।