तनहुँ सेवा हस्पिटल दुलेगौंडा तथा रिजनल हस्पिटल पोखराको प्राविधिक सहयोगमा रोट्रयाक्ट क्लब अफ भिमाद र बाराही स्वास्थ्य क्लिनिक भिमादले आयोजना गरेको निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शनिबार जनज्योती मावि भिमादमा आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरबाट ५४६ जनाले स्वास्थ्य लाभ लिएको रोट्रयाक्ट क्लब अफ भिमादका अध्यक्ष दीपेन्द्र भण्डारीले जानकारी दिए । सो मध्य १२४ जनाले यु. एस.जी सेवा , १९४ जनाले ल्याब सेवा , ६५ जनाले डिजिटल एक्सरे साथै ५० जनाले इस्पिरोमेट्रि सेवा लिएको बाराही स्वास्थ्य क्लिनिकका प्रबन्धक अमित ढकालले जानकारी दिए ।