फागु पूर्णिमाको अवसरमा नेपाल मगर संघ भिमादले खुल्ला कौराहा नाच प्रतियोगिता आयोजना गरेको छ । नेपालको मौलिक संस्कृतिलाई संरक्षण तथा जगेर्ना गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागेको नेपाल मगर संघ भिमादले जनाएको छ । विगत देखिनै नेपाल मगर संघ भिमादले कौराहा प्रतियोगिताको आयोजना गर्दै आएको छ । फाल्गुन ३ गते नगर उद्योग वाणिज्य संघ भिमादको सभाहलमा हुने प्रतियोगितामा प्रथम , दृतिय र तृतीय हुने समुहले क्रमश ३० हजार ,२० हजार र १० हजारको साथमा प्रमाणपत्र प्राप्त गर्ने छन् ।