क्यालिफोर्निया : ५५ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस अमेरिकामा वस्दै आएका दलित समुदायले पनि मनाएका छन् । मार्च २१ को अवसरमा नासो–कम्यूनिटी, क्यालिफोर्निया मा एक कार्यक्रमको आयोजना गरि मनाएका हुन ।

धुब राज बि.क को अध्यक्षता मा सिटी हल, सान फ्रान्सिस्को क्यालिफोर्निया–अमेरिकामा “रंगभेद–जातिय विभेद विरुद्ध कार्यका लागी आवाजहरु“ भन्ने मूल नारा सहित कार्यक्रम गरिएको थियो । कार्यक्रममा माया टमटा, भीम नारायण विश्वकर्मा, प्रेम परियार,जुम सुनार र संगीता विश्वकर्मा लगाएतले २१ मार्चको महत्वका बारेमा बोलेका थिए ।

उनिहरुले नेपाल तथा नेपालको दलित समुदाय सँग यस दिनको तादम्यता रहेको बताउदै नेपाली समुदायका गैर–दलित समुदायले दलित समुदायका मानिसहरु प्रति नेपाल भित्र, नेपाल बाहिर र अमेरिकामा गर्ने विभेद पूर्ण व्यवहार अनि त्यसको विरुद्धमा समुदायका मानिसभित्र देखाउनुपर्ने ऐक्यबद्धता, समन्वयवता तथा सहकार्यका आवश्यकताको विषयमा प्रष्ट पारेका थिए ।


नासो–कम्युनिटि क्यालिफोर्निया का अध्यक्ष श्री ध्रुवराज विक ले जातिय विभेदको अन्त्यका लागी संस्थागत ऐक्यबद्धता, समन्वयता तथा सहकार्यताको प्रतिबद्धता गर्दै, आगामी वर्षको मार्च २१ मा झन् उत्सुकताका साथ मनाउने बताएका थिए । २१ औं शताब्दीमा पनि विविध स्वरुपमा मानव मानवका बीच हुने विभेद कायमै रहेको र यसको अन्त्य अजै भएको छैन ।मिति २०२२ मार्च २० तारिक आइतवार का दिन नासो -कम्यूनिटी, क्यालिफोर्निया का अध्यक्ष श्री धुब राज बि.क ज्यू को अध्यक्षता मा सिटी हल, सान फ्रान्सिस्को क्यालिफोर्निया-अमेरिका मा निम्न व्यक्तिहरुको उपस्थितिमा अन्तर्राष्ट्रिय रंगभेद दिवस(जातिय बिभेद विरूद्दको दिवस – मार्च २१) “रंगभेद-जातिय विभेद विरुद्ध कार्यका लागी आवाजहरु” भन्ने मूल नारा सहित भव्य तथा सभ्यताका साथ मनाइयो। कार्यक्रममा उपस्थित सम्पूर्णलाई धन्यबाद।