१०७८ चैत्र ७ गते शोमबार दिउँसो ४ बजे देखि ५  बजे भित्रमा आएको ठुलो हावाहुरी सहितको पानीले भिमाद नगरपालिका वडा न ३ सिम्ले स्थित पाण्डु कामीको घरमा ठुलो क्षति पुर्‍याएको छ ।

टिनले छाएको दुई  तले घरको सबै टिन हावाले उडाएको छ । हावाहुरिको कारण मनबिय क्षति भने भएको छैन । उक्त घरमा १३ जनाको सदस्यमा बस्दै आईरहेका परिवारमा  हाल भने हावाहुरिले क्षति पुर्‍याएपछि सबै घरबार बिहिन भएका छन । सम्पुर्ण परिवारका सदस्य  तितरबितर हुँदै लाखापाख भएर कोहि आफन्तको घरमा  आश्रय लिएर  बस्दै आएका छन्  । उक्त समयमा ठुलो  बेगले हावा चल्दा घरका छानोमा राखिएको ठुलोठुलो काठको सपोर्टलाई समेत उडाउदा घरको घरका गाराहरु पनि फुटाइदिएको पीडित परिवार बताउछन् । ३ दिन बिति सक्दा समेत सरकार भएको र नभएको कुनै महसुस गर्न नपाएको, जनतालाई बिपत्तिको बेलामा पनि कुनै चासो नदेखाएकोमा  दु:ख व्यक्त गर्दै आफ्नो गुनासो सहित  भिमाद नगरपालिका वडा ३ को वडा कार्यलायलाई सहयोगको माग निवेदन पेश गरेका छ्न् ।