चैत्र ८ घिरिङ्ग।
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र नं २ (२) तनहुँको अन्तरक्रिया एबम प्रशिक्षण कार्यक्रमको सम्मेलन मंगलबार मानपुरमा सम्पन्न भएको छ। प्रदेश सभा सभापति इन्द्र बहादुर आलेको सभापतित्वमा गरिएको कार्यक्रमका प्रमुख अतिथी केन्द्रिय सदस्य मधु आचार्यले कार्यक्रमलाई सम्बोधन गरेका थिए।

नेता आचार्यले अमेरिकी बिकास परियोजना( MCC ) को बिषयलाई माओवादी नेता प्रचण्ड र समाजबादी नेता मधबकुमार नेपाल, लगायत एमाले नेताहरुले एक अर्कालाई हाबी बनाउने रणनीतिका कारण आम जनमानसमा भ्रम पारेको ब्यक्त गरेका छन। नेता आचार्यले आगामी बैशाख ३० गतेको स्थानीय निर्वाचनमा स्थानिय आवस्यकता अनुसार गठनबन्धन गरेर जान पनि सकिने बताएका छन।

जिल्ला सभापती जित प्रकाश आले, उपसभापति राजेन्द्र कृष्ण श्रेष्ठ, गण्डकी प्रदेश प्रतिनिधि रमेस पौडेल लगायतका नेताले स्थानीय निर्वाचन लाई लक्षित गरि प्रदेश भित्रका सबै पालिका , वडा, टोलमा काँग्रेस जिताउने अभियानमा लाग्न कार्यकर्ता लाई आग्रह गरेका थिए। उक्त कार्यक्रम संचालन सुशील कुमार श्रेष्ठ र स्वागत मन्तब्य आनन्द देव श्रेष्ठले गरेका थिए।
नेपाली काँग्रेस पार्टीको केन्द्रिय निर्देशन अनुशार कार्यक्रममा पालिका र वडाको पार्टिगत गतिबिधी वडा सभापति हरु बाट प्रस्तुत गरिएको थियो।