चैत्र ९

राष्ट्रीय प्रजातन्त्र पार्टी भिमादले  नगर सम्पर्क कार्यलय स्थापन साथै पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ ।  भिमाद नगरपालिका पूर्वअध्यक्ष मुनाफ मियाको निधन पश्चात् रिक्त रहेको अध्यक्ष पदमा युवा नेता विष्णुभक्त खनाल सर्वसम्मत चयन भएका छ्न । खनाललाई अध्यक्ष चयन गरि २१ जनाको कार्यसमिति सहित  पुर्नगठन गरिएको छ ।

यही चैत्र १७ गते राप्रपाका अध्यक्ष राजेन्द्र लिगंदेन प्रमुख अतिथि रहने कार्यक्रममा भिमाद नगरपालिकाबाट विभिन्न पार्टी परित्याग गरी ठूलो संख्यामा राप्रपा प्रवेश गर्ने तयारी रहेको पनि घर्तिले दाबी गरेका छन् ।
गण्डकी प्रदेश महिला बिभाग प्रमुख सिता थापा, तनहुँ जिल्ला अध्यक्ष बिनोद घर्ति, तनहुँ जिल्ला सचिब हितमान कायस्थ, जिल्ला सह सचिब राज घतान लगाएतका नेताहरुले कार्यक्रमा आआफ्नो भनाईहरु राखेका थिए ।

युवा नेता खनाल अलि बढी भाबुक हुदै  देशमा भ्रष्टाचारले चरम सिमा नाघि सकेको र अब पनि यसैगरि नेपाली जनता चुप लागेर बस्ने हो, भने हामिलाई हाम्रो सन्तातिले धिक्कार्ने, अबको निकास भनेकोनै रास्ट्र र राष्ट्रीयता बचाउन जिम्मा राष्ट्रीय प्रजातन्त्र पार्टीको हुनसक्छ  । बिशुद्ध  र देशको हितमा  हलो जोत्ने नागरिकको हक र अधिकारको लागि लड्ने पार्टी भनेको राष्ट्रीय प्रजातन्त्र पार्टी मात्रा भएको बताए ।