२०७८ चैत्र १४
भिमाद नगरपालिका वडा नं. ३ मा पर्ने बुढुवा खोला मोटरेवल पुलको उद्घाटन लोकतान्त्रिक मोटर मार्ग उपभोक्त समितिका अध्यक्ष बसन्त सिंहको अध्यक्षतामा पूर्व मन्त्री एवम् गण्डकी प्रदेश सभा सदस्य माननिय किरण गुरुङ्ग द्वारा उद्घाटन सम्पन्न भएको छ । लोकतान्त्रिक मोटर मार्ग समितिका पूर्व अध्यक्ष पदम राज सेनले स्वागत मन्तब्य राख्दै विगतको दिनलाई स्मरण गर्दै हिजाका दिनमा बर्षको बेला खोला बढ्ने समयमा यहाँका बिद्यार्थी हप्तौ दिन सम्म पनि विद्यालय जानबाट बन्चित हुनुपर्ने जस्ता समस्या रहेको बताएका थिए । बुढुवा खोलाले पहिला कति दुःख दिन्थ्थो अहिले कति सहज भएको छ, भन्दै आयोजक, निर्माण समिति र गणेश पुञ्ज कन्ट्रक्सन प्रा.लि. प्रति धन्यावाद ब्यक्त गर्दै विगतको दिनमा आफ्नो पार्टि सरकारमा रहदाको समयमा छुट्टाइएको बजेट खर्ज नगरि सक्नुको थियो, तर अहिलेको गठबन्धनको सरकार आएपछि कुनै पनि बजेट नछुटिएको भन्दै आलोचना गरेका थिए ।

गठबन्धनको सरकार आएपछि मुल्यबृद्धि वित्तिय संस्थाहरुमा आर्थिक संकट पैदा भई कुनै पनि क्षत्रमा सहजता नभएको, विगतमा ४ रुपैमा प्रति यूनिटमा भारतलाई विजुली बेच्दै गरेको नेपाल अहिले उल्टो ३८ रुपैमा बिजुली खरिद गरीरहनु परेको र जवसम्मन यो सरकार रहिरहन्छ तव सम्म देश टाट पल्टीने ठोकुवा गर्दै आउदो बैशाख ३० गतेलाई बुज्न जरुरी छ भन्दै पुर्ब मन्त्री गुरुङले आफ्नो भनाई अन्त्य गरेका थिए । सयौ वर्ष देखिको समस्य आज समधान भएको । यो पुल बन्नु भनेको हाम्रो विकासको अन्तिम होईन पुलको विकासले आवश्यकताको चौबाटो खुलेको छ भन्दै भिमाद नगरपालिकाका नगर प्रमुख मेख बहादुर थापाले आफ्ना भनाईहरु राखेका थिए । उक्त कार्यक्रमा बोल्दै भिमाद नगरपालिका वडा नं ६ का वडाअध्यक्ष श्याम सुन्दर जोशीले जुनसुकै पार्टीबाट निर्वाचित भएर गएका जनप्रतिनिधीले गरेका कामलाई राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सक्नु पर्छ । यो विगतको समय देखिको समस्यमा रहेको पुल बनेको छ भन्दै भमादको विकासमा पूर्व मन्त्रि गुरुङ्ग प्रति खुलेरै प्रशंस गरेका थिए । कार्यक्रममा सहभागीहरुले आआफ्नो भनाई सहित खुशी व्यक्त गरेका थिए । २०७७ माघ १५ मा पुलको शिलान्यास गरेको उक्त पुल निर्माणको जिम्मा भने गणेश पुञ्ज कन्ट्रक्सन प्रा.लि. ले पाएको थियो । कुल लागत रु.४,०५,५७,१४४.०० मा सम्पन्न प्ुलको लम्बाई १९.८ मिटर रहेको छ ।