चैत १४ घिरिङ्ग। अन्जान परियार
घिरिङ्ग गाउँपालिकाको प्रशासकिय भवन गण्डकी प्रदेशका पुर्व मन्त्री किरण गुरुङ्गले सोमबार उद्द्घाटन गरेका छन। उक्त भवनको गुरुङ्गले रिबन काटेर उद्दघाटन गरेका थिए । नेकपा एमाले स्थायी कमिटी सदस्य समेत रहेका गुरुङ्गले अहिले परमादेशको आधारमा बनेको सरकारले नेपाललाई केही गर्न नसकेको कुरा दिनको घामझै छर्लङ भएको बताउदै बिकासको लागि एमालेकै सरकार हुनु पर्ने बताएका छन।

अहिलेको सरकारले नाटक मन्चन गर्दै पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरि जनतालाई ऋणको भारी बोकाएर नेपालको अर्थतन्त्र समाप्त गरेको नेता गुरुङ्गको भनाइ थियो। अमेरिकी बिकास परियोजना पास गरेर उनिहरुको पाउमा लमपसार परेका पार्टी हरुलाई आउने निर्वाचनमा चिन्नु पर्ने बताए।
घिरिङ्ग गाउँपालिका अध्यक्ष रन बहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा बिशिस्ट अतिथीहरु नेकपा एमाले प्रदेश कमिटी अध्यक्ष द्वय होम बहादुर थापा र बिष्णु भक्त सिक्देल , नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य मदन आले र अतिथिहरु एमाले जिल्ला सचिब राजेस्वर ढकाल,एमाले जिल्ला सदस्य इन्द्र थापा, एमाले घिरिङ्ग गाउँकमिटी अध्यक्ष बिष्णु प्रसाद ढकाल, वडा नं ३ का वडा अध्यक्ष रण बहादुर गुरुङ्ग, अनेरास्ववियु केन्द्रिय नेता आरके पोख्रेल, माओबादी घिरिङ्ग कमिटी सचिब हरिहर अधिकारी, शिक्षक संगठन जिल्ला अध्यक्ष ध्रुब सिक्देल लगायतले कार्यक्रममा बोलेका थिए भने लेखा अधिकृत अर्जुन बरालले नवनिर्मित भवनको बारेमा जानकारी गराएका थिए। यसै गरि शिक्षा शाखा प्रमुख बाबुराम गैह्रेले कार्यक्रम संचालन गरेका थिए भने गाउपालिका उपाध्यक्ष सरस्वती सिक्देलले स्वागत मन्तव्य राखेकी थिइन।

उक्त प्रशासकिय भवन बनाउन सहयोग गर्ने जग्गा दाताहरूलाई प्रमुख अतिथि बाट दोसल्ला ओढाई प्रमाणपत्र दिएर सम्मान गरिएको थियो।
यता गाउँपालिकाले हर्षउल्लासका साथ उद्दाघाटन गरेको कार्यक्रमको प्रतिपक्षी नेपाली काँग्रेस घिरिङ्ग गाउकमिटिले भने भवन पुर्ण रुपमा सम्पन्न नहुँदै उद्द्घाटन गरेको भन्दै बिरोध जनाएर बिज्ञपति जारी गरेको थियो।

कार्यक्रममा विभिन्न भेषभुषा झल्किने गरि सांस्कृतिक प्रस्तुती राखिएको थियो ।