जिल्ला कार्य समिति तनहुँले बिहीबार दमौलीमा आयोजना गरेको राप्रपा पार्टीको तनहुँको बिशाल आमसभामा सम्बोधन गर्दै अध्यक्ष लिङ्देन गर्दै राज्य संञ्चालन गर्ने नेतृत्व सहि नहुँदा देशमा गतबर्षको तुलनामा झण्डै दोब्बर ऋणको भार परेको उनले बताए । भाषाणमा भन्दा काम गरेर देखाउनुपर्ने समय आएको बताउँदै नेता लिङ्देनले मुलुकलाई समृद्ध बनाउन देश र जनतालाई शिरमा राखेर राप्रपा अघि बढेको बताए । पार्टीको ऐतिहासिक एकता महाधिवेशन पछि प्रत्यक्ष रुपमा जनतासंग भेटघाट गर्ने क्रममा देश दौडहामा निस्किएको उनले बताए ।

यस पटकको चुनाव चाहि हेरौं न भन्ने सुविधाबाट छुट छैन भन्नको लागि निम्तो दिन आएको उनले बताए । आगामी बैशाख ३० गते देखि स्थानीय तहको निर्वाचन हुदैछ । एकबर्ष भित्रै प्रदेश र प्रतिनिधी सभाको निर्वाचन हुदैछ । उनले भने ठीक ढंगले भरपुर तयारी गर्न नसकिए ठुला पार्टीसंग प्रतिस्पर्धा गर्न नसकिने हुँदा तयारीमा जुटेका छौ । पटक पटक अन्य पार्टीलाई जिताएर पठाउनुभयो, अब एक पटक रापप्रालाई जिताउनुहोस्,लिङ्देनले भने पाँच वर्षको लागि राप्रपालाई जिताए देशको मुहार फेर्ने काम सहयोग गर्नुहोस् । एक तीस वर्षसम्म देशमा नेतृत्व गरेका दलले देश विकास गर्न नसकेको जिकिर गर्दै अब नागरिक सजग भएर राप्रपालाई मतदान गर्नुपर्ने जोड दिए । सरकारका व्यवस्थापिका,कार्यपालिका,न्यायपालिका गरी तीन वटै तहले काम गर्न नसकेको उनले आरोप लगाए । अदालत अदालत जस्तो छैन् संसद संसद छैन्,सरकार सरकार जस्तो हुन नसकेको उनको आरोप थियो । जनतालाई न्याय दिने अदालत आफै विवादमा फसेको उनको भनाई थियो ।

पार्टीका उपाध्यक्ष हेमजंग गुरुङले संघीयता देश र जनता प्रति फाइदा नरहेकोले अबिलम्वन खारेज गर्नपर्नेमा जोड दिए । पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले राप्रपाले भष्ट्रचारलाई निरुत्साहित गर्दै भष्ट्रचारहरुको पर्दाफास गर्दै अघि बढ्ने बताए । पूर्वमन्त्री दुर्गा श्रेष्ठले देश र जनताको भलो र विकास गर्ने पार्टी राप्रपा भएकोले यस पटकलाई भोट दिएर जिताउन आग्रह गरिन् । उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी करिब तीन सय जना राप्रपामा प्रवेश गरेको राप्रपा तनहुँले जनाएको छ । राप्रपा तनहुँका अध्यक्ष बिनोद घर्तीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।