भिमाद नगरपालिका भित्र संचालित ब्यापार ब्याबसायको हितमा काम गर्ने उद्देश्यले नेपाल राष्ट्रिय उधोग ब्यवसायी संघ भिमाद गठन भएको छ ।
नेपाल राष्ट्रिय उधोग ब्यवसायी संघ भिमादको अध्यक्षमा नारायण पौडेल चयन भएका छन् । भिमाद नगर उधोग बाणिज्य संघको प्राङ्गणमा भएको उक्त भेलामा ओम राज रिजालको अध्यक्षतामा नेपाल कम्युनिष्ट एमाले नगर सचिव उमाकान्त श्रेष्ठ को प्रमुख आतिथ्यमा र नगर उधोग बाणिज्य संघ भिमाद बजार ईकाई अध्यक्ष हस्त बहादुर खड्काको बिशेष उपस्थितमा भएको भेलाले अध्यक्षमा नारायण पौडेल, उपाध्यक्ष एक बहादुर घिमिरे, सुन्तली दर्जी सचिव शालिकराम सुनार ,कोशाध्यक्ष पूर्ण बहादुर सेन ठकुरी,सहकोषाध्यक्ष लक्ष्मी गिरी, सहसचिव बाबु राम रुचाल, सन्दिप परियार, कमला क्षेत्री गरि २५ सदस्य समिति गठन गरेको छ । निर्वाचित अध्यक्षले भिमाद नगरपालिका भित्रका ब्यबसायीहरुको समस्या लाई समाधान गर्न भरपूर तबरले लाग्ने प्रतिबद्धता समेत जाहेर गरेका छन् ।