२०७८ चैत्र १९

भिमाद नगरपालिका ६ नयाबस्ती स्थित विश्वकर्मा सेवा समाज भिमाद को प्रथम साधरण सभा तथा अधिवेशन सम्पन्न भएको छ । कार्यक्रम सस्थापक अध्यक्ष लुद्रबिर बि क को अध्यक्षतामा, पुर्व अध्यक्ष्य बाबुराम सुनारको प्रमुख आतिथ्यता र केश बहादुर सुनारको बिशेष उपस्थितमा  विश्वकर्मा सेवा समाज भिमाद को प्रथम साधरण सभा तथा अधिवेशन सम्पन्न भएको हो । कार्यक्रम पुर्ब सचिब सुर्य बहादुर बिश्वकर्माले संचालक गरेका थिए ।

कार्यक्रममा बोल्दै बिश्वकर्मा समाज बिगत २ दसक पहिले  समाजको महत्त्व र आवश्यकताको महसुस गर्दै बि.स. २०५७ साल देखिनै गठन भएर आएतापनी यस सस्थाले बैधानिकता प्राप्त गर्न सकेको थिएन । आज २० बर्ष पछि आएर समाज दर्ता गराएर सबैलाई समेटेर काम गरेकोमा बर्तमन कार्य समितिलाई धन्यवाद ज्ञापन गर्दै केश बहादुर सुनारले आफ्ना भनाइ राखेका थिए । नेपालका हरेक ठाउका समाज, सहयोगापेक्षि त्यस्ता हरेक समाजमा कैयौं बिद्यालयहरुमा आफुले सकेको आर्थिक सहयोग गरेको तर आफै बसेको आफ्नै ठाँउको समाजलाई आफुले गर्न चाहेको सहयोग गर्न नपाउदामा दुःख सहित गुनासो व्यक्त गर्दै आजको समय सम्म हुन र गर्न नसकेका कामहरु अबका जिम्मेवार र क्षमतावान युवाहरूले गर्ने अपेक्षा सहित भोलिका दिनमा पुर्ब अध्यक्ष बाबुराम सुनारले आफुबाट सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै नयाँ कार्य समितिलाई नयाँ बर्ष बि.स. २०७९ सालको शुभकामना सहित सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आफ्नो भनाई अन्त्य गरेका थिए । लुद्र वीर बि क को अध्यक्षमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । बिगतको एक कार्यकाल संगै पुनः सर्बसम्मत रुपमा लुद्र वीर बि क लाई नै अध्यक्ष पद दिइएको हो । कार्यक्रममा बोल्दै समाजका सम्पुर्ण आजिबन सदस्य र साधरण सदस्यलाई सान्त्वना दिदै आजको दिन सम्म जस्तो सुकै भएतापनि भोलिको दिनमा यो समाजले अवका बाकी दिनमा पुर्ण जिम्मेवारीका साथमा काम गर्ने बिस्वत गराए । बिगतको समयलाई स्मरण गर्दै यो सबै एकता नहुन सक्दा सबैले चिनेको बाबुराम सुनारको समाज आजको दिन सम्मन पछि परेको पुर्ब सचिब सालिकराम सुनारले जिकिर गरेका थिए । कार्यक्रममा बोल्दै बिश्वाकर्मा सेवा समाज भिमादको समस्य र चुनाउती भएकोलाई सहर्ष स्वीकार गर्दै यसम समस्य मात्रै नभई यहाँ अवसर पनि रहेको र बिगतको दिनलाई आत्मसात गर्दै आजको दिन सम्मानको  घाटलाई स्मरण गर्दै एक आपसमा एकता नहुन सक्नुको परिणामको सङ्ग्य दिदै यसै कारण  समाजमा रहेका वास्ताबिक  समस्यमा रहेका समाज भित्रका सदस्यहरुले सरकारबाट कुनै पनि लाभ लिन नसकेकोमा दु:ख व्यक्त गर्दै, एक पटक यस विषयलाई गम्भीरतापुर्बक लिन आजको आवश्यक रहेको, भोलिका दिनमा हरेक समाज र सरोकारवालाहरु संग सहकार्य गर्दै समाजमा रहेका ब्यक्तिहरु ब्यक्तिगत स्वर्थ भन्दा माथी उठेर काम गर्नुपर्ने आजको आवश्यकता भएको र हुने खानेको भन्दा हुँदाखानेको लागि अझै बढी समाजको आवश्यक हुने, यस कुरालाई सबैले गम्भीरतापर्बक लिएर मनन गर्नुपर्नेमा नव निर्वाचित सचिव सन्तोष बि क ले आफ्न भनाई राखेका थिए । बिश्वाकर्मा सेवा समाज भिमादको आफ्नै जग्गा र भवन नभएको हुँदा अवका दिनमा यस विषयलाई प्राथमिकता र महत्त्वका साथ काम गर्ने नयाँ कार्य समितिबाट अपेक्षा गर्दै पुर्ब कार्यसमितिका सदस्य एक बहदुर घिमिरेले आफ्नो भनाइ राख्दै कार्यक्रम समापन भएको थियो ।