चैत्र २४

 स्थानीय तहमा जनताले कस्ता क्षमता भएका र कति बिज्ञाता हासिल गरेका जनप्रतिनिधि छनौट गर्ने र आफ्नो भबिस्य कस्तो बनाउने  फैसला आफैले गर्ने समय आईरहेको हुँदा धेरै ब्यक्तीहरु महत्त्वपूर्ण पदको र कुर्सीको लागी आकांक्षी देखिएता पनि सहि र क्षमता भएका जनताको  मर्म र भाबन  बुझ्ने नेता छान्न सकिएन भने नेपाली समाझको भबिस्यनै अन्धकार हुन सक्छ । त्यस्तै काङ्ग्रेसको गढ मानिने नेपाली कांग्रेसका रामचन्द्र पौडेलको पुर्ख्यौली थलो व्यास नगरपालिका वडा व्यास ८ मा पनि वडा अध्यक्षको उमेदवार हुन चाहने आकांक्षीहरु १४ जना तयार भएका छन । तनहूँको उत्तरी भेगको वडाको अध्यक्ष पदको दावी गर्दै युवा नेता एवम् सालिन बिकास प्रेमी वर्तमान वडा सदस्य ब्यास ८ पुलिमराङ्गका युवाराज गुरुङ्ग सहित भवेश्वर गुरुङ, धन प्रसाद गुरुङ्ग, राम प्रसाद मिश्र, रामकृष्ण पौडेल , अमर सोति , पारस बगाले, एक बहादुर गुरुङ्ग , हरि प्रसाद शर्मा, चन्द्रमाया परियार, राजु गुरुङ्ग , सुदिप पौडेल, प्रदिप आचार्य, र बर्तमन वडा अध्यक्ष ओजराज पौडेल लगाएतले आफ्नो ईच्छा जाहेर गरेका छन्  । धेरै जनाले वडा अध्यक्षको उमेदवार हुने आकांक्षा राखेको कारण उमेदवार चयन गर्न नेतृत्वलाई गाह्रो पर्ने देखिएको छ । पुलिमराङ्ग र तलबेल्ट रिस्तीतिरको बस्तिलाई पनि सन्तुलनमा राखेर जनप्रतिनिधिहरु चयन गर्नुपर्ने आवश्यकता खट्किएको छ ।
सबैजना एकसे एक त्यागी हुदा हुदै पनि वर्तमान अध्यक्ष एवं नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका भाई ओजराज पौडेल, युवराज गुरुङ, प्रदिप आचार्य , हरि प्रसाद शर्मा, चन्द्र माया परियार र राम प्रसाद मिश्र मध्येबाट १ जनाले टिकट ल्याउन सक्ने उक्त क्षेत्रका कांग्रेसीहरुको आंकलन रहेको छ । पुरानालाई होईन नयाँलाई जनताको सेवा गर्न दिनुपर्छ । भन्ने आवाज जताततै उठाईरहेको छ ।