चैत्र २६, २०७८

नेकपा माओवादी केन्द्र म्याग्देले गाउँपालिकाको अध्यक्ष,उपाध्यक्ष सहित ७ वटै वडामा उम्मेद्वारहरुको नामावली टुंगो लगाएको छ ।

आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि म्याग्दे गाउँपालिका अध्यक्षमा दिलीपकुमार श्रेष्ठ,उपाध्यक्षमा जमुना अधिकारीको उम्मेद्वार टुंगो लगाएका हुन् ।

 

त्यसैगरी वडा नं मा १ मा टेक बहादुर रसाइली,वडा नं २ मा तिलक थापा,वडा नं ३मा  शोभाकर दाहाल, वडा नं४ मा  राजु राना,वडा नं ५ मा  बिशाल बिक,वडा नं ६ मा प्रकाश भण्डारी र वडा नं. ७ मा बालकृष्ण श्रेष्ठ उम्मेद्वार भएका छन् ।