फ़ाउण्डेशनले शुक्रवार बिधालय परिसरमा आयोजित एक कार्यक्रममा १ हज़ार ५ सय प्रति कपि, ६ सय वटा डटपेन, १ सय ५० वटासिसाकलम, १०० वटा कटर र १०० वटा ईलेज़र गरी रु १ लाख २५ हजार रूपैया मूल्य बराबरका स्टेशनरी सामग्री वितरण गरेको छ ।

फलेवास नगरपालिका १ कार्कीनेटा स्थित अन्नपूर्ण माबीमा आयोजित एक कार्यक्रममा सो स्टेशनरी सामग्री फलेवास नगरपालिकाकानगर प्रमुख पदमपाणी शर्माको प्रमुख आतिथ्यतामा वितरण गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि शर्मा, बाबा फ़ाउण्डेशन नेपालका सचिव टंकराज अधिकारी, फ़ाउण्डेशनका बोर्ड सदस्य एवं रोटरी क्लब अफपोखरा न्यूरोडका पूर्व अध्यक्ष प्रेम प्रसाद शर्मा, रोटरी क्लब अफ पोखरा न्यूरोडका सचिव दुर्गा शर्माले बिधालय व्यवस्थापन समितिकाअध्यक्ष डण्डपाणी शर्मा, विद्यालयका प्रअ पूर्णचन्द्र शर्मा र बिधालयका छात्रछात्रालाई उक्त स्टेशनरी सामग्री वितरण गरेका थिए ।

स्टेशनरी सामग्री वितरण पश्चात नगर प्रमुख शर्माले सामाजिक संघ संस्थाले समाजमा गरेका मानवीय सेवाका कार्य अनुकरणीय रहेकोबताउदै सहकार्य गरेर अघि बढ़न तयार रहेको बताए । संकटको समयमा पनि फ़ाउण्डेशन र रोटरी क्लबले सामुदायिक बिधालयमाअध्ययनरत बिधार्थीलाई शैक्षिक सामग्री वितरण गरेर प्रशंसनीय कार्य गरेकोमा धन्यवाद व्यक्त गरेका थिए ।

कार्यक्रममा बाबा फ़ाउण्डेशन नेपालका सचिव टंकराज अधिकारीले न्युनतम आवश्यकताको अभावमा बिद्यालय जानबाट वञ्चितबालबालिकाको सहारा बनेको फाउण्डेशनले विभिन्न जिल्लामा न्युनतम आवश्यकताको अभावमा बिद्यालय जानबाट वञ्चितबालबालिकालाई विद्यालय पुग्ने वातावरण तयार गर्नुका साथै बाल अधिकार संरक्षण र प्रवर्धन तथा वातावरण संरक्षणमा समर्पित हुदैविभिन्न कार्यक्रम गर्दै आएको बताए ।

२०२२ सालमा स्थापित सामुदायिक बिधालयको २०७२ सालको भूकम्पले क्षेत्तिग्रस्त भएपछि पुनर्सम्रचनामा रोटरी क्लब अफ पोखरान्यूरोडले भवन निर्माणमा महत्वपूर्ण सहयोग गरेको थियो । बिधालयका भु पु बिधार्थी एवं रोटरी क्लब अफ़ पोखरा न्यूरोडका पूर्व अध्यक्षप्रेम प्रसाद शर्माको पहलमा करिव २४ संकलन गरी भवन निर्माणमा योगदान पुर्रयाएको बिधालय व्यवस्थापन समितिका अध्यक्षडण्डपाणी शर्माले जानकारी गराए ।

बिधालयका प्रधानाध्यापक पूर्णचन्द्र शर्माले बिधालयको गतिविधि ’bout प्रकाश पार्दै बिधालय भौतिक रूपमा सम्पन्न भएपनिबिधार्थीहरूका लागि आधुनिक शिक्षा प्रदान गर्न फ़ाउण्डेशन र रोटरी क्लबसँग सहकार्य गर्न इच्छुक रहेको बताउनु भयो । उहाँका अनुसार७ सयको हाराहारी बिधार्थी अध्ययनरत रहेको जानकारी दिए ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार
प्रतिक्रिया
सम्बन्धित समाचार
फलेवास नगरपालिकाको सभापतिमा थापाको उम्मेदवारी
‘कोप २६’ विश्वका लागि महत्वपूर्ण हुने बेलायती प्रधानमन्त्रीको भनाइ
नेपाली क्रिकेट टोली स्वदेश फिर्ता
गण्डकी प्रदेशका प्रदेश प्रमुख गुरुङद्घारा गुफा अवलोकन
पर्यटनमन्त्री शर्माद्वारा अन्तर्राष्ट्रिय खुल्ला अनलाइन कला प्रतियोगिता तथा प्रद्वर्शनीको उद्वघाटन
हिमालय सहकारीको रक्तदानमा ४० युनिट संकलन
समाचार
अन्नपूर्ण माविलाई १ लाख भन्दा बढीकाे शैक्षिक सामाग्री हस्तान्तरण
फलेवास नगरपालिकाको सभापतिमा थापाको उम्मेदवारी
‘कोप २६’ विश्वका लागि महत्वपूर्ण हुने बेलायती प्रधानमन्त्रीको भनाइ