चैत्र २८

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एमालेबाट बर्तमान मेयर देखि नगर कमिटीका अध्यक्षसम्म भिमाद नगरपालिकाको मेयर पदको लागि नेकपा एमाले बाट आठ जना आकांंक्षी रहेका छन् ।

भिमादको मेयर पदका लागि नगर कमिटीका अध्यक्ष ईमान बहादुर थापा, बर्तमान मेयर मेख बहादुर थापा, दधिराज सुवेदी, धर्मराज खनाल, बाबुराम सुनार, भवानी शंकर लम्साल, नारायण खनाल र दयाराम श्रेष्ठ आकांक्षी छन् ।

उपमेयर पदमा बर्तमान उपमेयार शारदा खनाल पुनः दोहोरिन चाहन्छिन । यस्तै पबित्रा थापा, चन्द्रावती श्रेष्ठ, दिना कुमारी गोतामे, नारायणी गैरे लामिछाने र याम कुमारी राना उपमेयरका आकांक्षी हुन् ।

आकांक्षीबिच छलफल गरि मेयरमा दुई जनाको नाम सिफारिस गरिने नगर कमिटीका अध्यक्ष ईमान बहादुर थापाले जानाकारी दिए ।

आकांक्षीबिच छलफल गरि मेयर पदमा महिला आकांक्षी नभएकोले दुई जना मेयर पदको लागि र उपमेयर पदमा तीन जनाको नाम सिफारिस गर्छौ भनी जनाकारी गराए ।

भिमाद ९ का वडाध्यक्ष  समेत रहेका नगर कमिटीका अध्यक्ष मेयर पदका बलिया दाबेदार हुन् ।