बैशाख ३
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनमुक्ति पार्टीबाट मेयरको लागि ४ जना आकांक्षी रहेका छन् ।

सु.मुक्त बहादुर रानाको अध्यक्षता र संघिय परिषद् सदस्य धन बहादुर गुरुङ्गको प्रमुख अतित्यथा रहेको कार्यक्रमले स्थानिय निर्वाचनको उमेदवार छनोट बैठक सम्पन्न गरेको हो ।
शनिबार बसेको बैठकमा  भिमाद नगर समिति बाट मेयर पदका लागि डा.देव थापा, संगिता राना, लाल बहादुर गोतामे र झुल बहादु्र थापा आकांक्षी छन् ।

उपमेयर पदका लागि क्याप्टेन खड्क बहादुर थापा, सु. धन बहादुर गुरुङ्ग र आशा थापा आकांक्षी छन् ।
वडाअध्यक्ष पदका लागि
१.लेखमाया थापा
२.कृष्ण नेपाली
३.खेम बहादुर थापा
४.बल बहादुर थापा
५.बेलमाया थापा
६.तिल बहादुर कुमाल
७.सु.भिम बहादुर सार्की
८.सु हुद्द बहादुर थापा
९.भिम बहादुर सार्की
१०.हरि थापा लगाएतका आकांक्षीहरुलाई उमेदवारको नाम छनोट प्रकृयको लागि जिल्लामा सिफारिस गरेको छ ।
चुनावी मैदनमा उत्रने क्रममा कुनै पनि दल संग तालमेल गर्न सक्ने छ । झक सारु मगर, लाल बहादुर गोलामे, झुल बहादुर थापा र आशा थापा गरि बार्ता टोलि प्रतिनिधि चयन चरेको बार्ता टोलिका सदस्य झक सारु मगरले जानकारी गराएका छन् ।