भिमाद सञ्चार

तनहूँको उत्तरी भेग ब्यास नगरपालिका ८ को वडाको अध्यक्ष पदको लागि युवाराज गुरुङ्गले १२ गते उम्मेदवारी दर्ता गराएका छ्न् । काङ्ग्रेसको गढ मानिने नेपाली कांग्रेसका शहिदहरुको गाउँ पुलिमोराङ्ग साथै रामचन्द्र पौडेलको पुर्ख्यौली थलो पनि भएको एक दरिलो उम्मेदवार गुरुङ्ग रहेका छ्न् । उक्त वडा बाट वडा अध्यक्षको उमेदवारको आकांक्षीहरु १४ तयार भएता पनि आपसी सहमतिमा गुरुङ्गलाई उम्मेदवारी दर्ता गराउनमा सघाउ गरेका हुन । युवा नेतृत्व जनताको माझमा हुनुपर्छ भन्ने ब्यास ८ को जनताको आवाज जताततै उठिरहेको छ ।