भिमाद सञ्चार 

नेपाल कम्युनिष्ट पार्टी एमालेमा लामो समय देखि सक्रिय क्रियासिल  राजनीति गर्दै आएका  बिर बहादुर बस्याल तनहुँ जिल्ला भिमाद नगरपालिका वडा नं ७ बाट अध्यक्ष पदका आकाङ्क्षी उम्मेदवार थिए । पार्टीले बिर बहादुर बस्याल जस्ता तनहुँ जिल्लाका दश स्थानीय तह र ८५ वडा मध्ये १ नगर प्रमुख १ उप प्रमुख ९ वडा अध्यक्ष ६ खुला सदस्य र दलित महिला वडा सदस्यमा आकाङ्क्षी उमेरद्वारी दिदै गर्दा बैशाख १० गते नेकपा एमाले जिल्ला पार्टी कमिटी इन्चार्ज, सह इन्चार्ज जिल्ला कमिटीका पदाधिकारी संग  बसे भेलाले दलित समुदायको तर्फबाट राजनिति गर्दै गरेका आकाङ्क्षी उम्मेदवार  लाई टिकट बाट बन्चित नगरीयोस् भन्दै ध्यानाकर्षण गराएका थिए । नेकपा एमाले जिल्ला कमिटीले यस विषयलाई कुनै चासो नगरेकोमा सिङ्गो  मुक्ति  समाजले गुनासो गरेकोछ । कुनै पनि स्थानीय तहमा  १ जना पनि दलित समुदायका प्रतिनिधि  पार्टीले उम्मेदवार  चयन नगरेपछि त्यस प्रती गम्भीर ध्यानाकर्षण गर्दै पार्टी प्रती यस प्रवितिको  व्यबहार प्रती खेद व्यक्त  गरेको छ । नेपाल कम्युनिष्ट पार्टी एमाले भिमाद ७ बाट पार्टीको बिधान अनुसार खराब प्रबितीको बिरोध गर्दै जातीय समानुपातिक समावेशी प्रतिनिधित्व गर्ने गरि उम्मेदवारी  दिएको जानकारी गर्दै नेकपा एमाले भिमाद ७ बाट खुल्ला तर्फबाट उम्मेदवार दर्ता  गराएका छन् ।