भिमाद सञ्चार
स्थानीय तहको निर्वाचन हुन अब १७ दिन बाकी छ । भिमाद नगरपालिका ७ बाट माओवादी केन्द्र तर्फबाट कृष्ण बहादुर बि क ले वडा अध्यक्षको उम्मेदवार दर्ता गरे संगै आफ्नो कुनै ठुलो सपना नरहेको बताएका छन् । भ्रष्टाचार रोक्नुनै मेरो मुख्य एजेन्डा रहेनेछ । बिकासको नाउमा आएको हरेक बजेटले पूर्णता नपाउनु भनेको ठुलो भ्रष्टाचारको कारण हो । सर्ब प्रथम यसको अन्त्य गराएरै छोडनु पर्छ । जब सम्म भ्रष्टाचारको अन्य गर्न सकिँदैन तब सम्म कुनै पनि बिकासका परियोजनाले पूर्णत पाउन सक्दैन । पार्टी बिचार र सिद्धान्त हरेको फरक हुन सक्छ । तर उनले भने भ्रष्टाचारको अन्त्यनै मेरो वडाको लागि एउटामात्र एजेन्डा अगाडी सार्दै चुनावी मैदानमा जाने बताएका छन् ।