नर्भिक अस्पतालका संचालक बसन्त चौधरीलाई ह्रदयघात भएको छ। पारिवारिक घुमफिरका लागि दुबई पुगेका चौधरीलाई अकस्मात हृदयघात भएको पारिवारिक श्रोतले जानकारी दिएको छ।

ह्रदयघात भएलगत्तै चौधरीलाई दुबईस्थित अमेरिकन अस्पतालमा भर्ना गरिएको छ। उनको अहिले ओपन हार्ट सर्जरी गर्ने तयारी गरिएको छ।

चौधरी लामो समयदेखि मुटुका बिरामी रहेको परिवारले जनाएको छ। उनी काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालका सञ्चालक हुन् भने उनी राम्रा कवि र गीतकार पनि हुन्।