वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि विभिन्न रानजीतिक दलहरुले घोषणपत्र सार्वजनिक गरेका छन् । बुधबार तनहुँ जिल्लाको भिमाद नगरपालिकामा पनि तीन दलको गठबन्धनले आगामी ५ बर्षमा भिमादमा गर्ने कामहरु समेट्दै घोषणा पत्र सार्वजनिक गरेको छ ।

नेपाली कांग्रेस, नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमुक्ति पार्टीले संयुक्त रुपमा घोषण पत्र सार्वजनिक गरेको हो । ‘सुशासन र समृद्धिको आधार, सुन्दर नगरि भिमादमा गठबन्धनको सरकार’ नारालाई आत्मासाथ गर्दै घोषण पत्र सार्वजनिक गरेको छ ।

घोषण पत्रमा नगरभित्र ५ बर्षमा शिक्षा, स्वास्थ्य तथा सरसफाई, खानेपानी, कृषि, विद्युत, सडक, यातायात तथा सञ्चार, पर्यटन, पेशा व्यवसया र रोजगार, महिला सशक्तिकरण, विवादित जग्गा समस्या समाधान एवं सुशासन व्यवस्था, वित्तिय व्यवस्थापन, भौतिक पूर्वाधार निर्माण र विविधताकाृ सम्मान एवं सम्बोधन बिषयमा केन्द्रित रहेर घोषण पत्र सार्वजनिक गरेको छ ।

घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै तीन दलको गठबन्धन पछि एकिकृत समाजवादीबाट मेयर पदका उम्मेद्वार काजीमान श्रेष्ठले घोषण पत्रमा उल्लेख गरेका विषयहरु अक्षरांस पालना गर्ने बताए । साथै आफुले भिमादको मेयर जितेमा आफुले प्राप्त गर्ने सेवा सुविधा गरिब तथा जेहेन्दार विद्यार्थीको शिक्ष, गरिब जनता, अशक्तको लागि खर्च गर्ने घोषणा गरे ।

सोही कार्याक्रममा बोल्दै गठबन्धन पछि नेपाली कांग्रेसबाट उपमेयर पदका उम्मेद्वार रहेका मिलन आलेले भिमादको एक वडामा एक नमुना गाउँ स्थापना गर्ने बताए । साथै उनले चार ‘ज’ अर्थात जंगल, जवानी, जमिन र जलको सदुपयोग गर्दै समृद्ध नगर बनाउने अभियानमा लाग्ने बताए ।

गठबन्धनपछि भिमादको प्रत्येक वडामा कांग्रेस चुनाव चिन्ह लिएर निर्वाचनमा सहभागि हुने उपप्रमुखका उम्मेद्वार आलेले बताए । आलेका अनुसार मेयर र उपमियरको हकमा भने आ–आफ्नै पार्टीको चुनाव चिन्ह प्रयोग गरिने भएको छ