भिमाद सञ्चार

चुनावी प्रचार प्रसार समूह संगै  आएका ब्यक्तिहरु बाट बैशाख १८ गते आइतबार दिउसो १२:३० बजेको समयमा धारिलो हतियारधारी सहितको समुहले तनहुँ जिल्ला ब्यास १ निर्मलनगर स्थित एक रेस्टुरेन्टमा तोडफोड गरेका छ्न । उक्त ब्यक्तिहरुले भौतिक क्षति सहित रेस्टुरेन्टमा कार्यरत कर्मचारीलाई  आक्रमण गरेका हुन । 

तनहुँ  जिल्ला ब्यास २ दमौली  बस्ने २० बर्सिय सुजन पुरि, १७ बर्सिय सफल दुरा,र ब्यास १३ बस्ने  १९ बर्सिय बिकास गुरुङ्ग गरि ३ जनालाई आक्रमण गरि घाइते बनाई  फरार भएका छन्  । घाइते   तिनै जनाको  टाउकाेमा चोट लागेको र तिनै जनाको पोखरा स्थित फिस्टेल हस्पिटलमा उपचार भइरहेको छ ।  उक्त घटना प्रती दु:ख व्यक्त गर्दै अराजक र अपराधीक गतिविधिमा सम्लग्न ब्यक्तिलाई हदैसम्मको कारबाहीको माग गर्दै उक्त घटनाको सत्यतथ्य छानबिन गरि कानुनी कारबाहीको माग राख्दै रेस्टुरेन्टका संचालक अमर बहदुर भण्डारीले जिल्ला प्रहरी कार्यलय तनहुँ  स्थित निवेदन पेस गरेका छ्न् ।