• स्थानीय तहको निर्वाचन अन्तर्गत तनहुँको भिमाद नगरपालिका वडा नं ३ मा ११ सय ९३ मत खसेको छ ।
    कुल १६ सय ५ मतदाता मध्य ११ सय ९३ मत खसेको मतदान अधिकृत विनय पण्डितले
    जानकारी दिनुुभयो । सो  मध्य ६ सय ५९ महिला साथै  ५ सय ३४ पुरुषहरुले मतदान गरेको उहाँले बताउनु भयो ।
    भिमाद नगरपालिका वडा नं ३ मा गठबंधन दलसहित  तिन राजनीतिक दलहरुबीच प्रतिस्पर्धा हुँंदै छ । नेपाली कांग्रेस , नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमुक्ति पार्टीबिचको गठबंधनबाट वडा अध्यक्ष पदका लागी धन बहादुर थापा , वडा सदस्यहरूमा सिता कुमाल , विनु परियार , दान बहादुर शाही र दिपेन्द्र सिङ्ग रहेका छन् भने नेकपा एमालेको तर्फबाट वडा अध्यक्ष पदका लागि पदम सेन ठकुरी , वडा सदस्यहरूमा उमा कुमाल , सुमित्रा विक , नारायण आले र  वसन्त सिंह ठकुरी रहेका छन् यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वडा अध्यक्ष पदका लागि नारायण बहादुर मल्ल वडा सदस्यहरू बिमला मल्ल र सकुन्तला विक बीच प्रतिस्पर्धा हुँंदै छ ।