भिमाद संचार

तनहुँ ३१ बैशाख
तनहुँको भिमाद नगरपालिकाको मेयरमा एमालेको उम्मेद्वारले अग्रता लिएका छन् । वडा नम्बर १ को ४१७ मत गणना हुदासम्म एमालेबाट मेयरका उम्मेद्वार दधिराज सुवेदीले १३४ मत पाएका छन् । एमालेकी उपमेयरकी उम्मेद्वार शारदा खनालले १०४ मत पाएकी छन् ।  गठबन्धनको तर्फबाट मेयरका उम्मेद्वार एकिकृत समाजवादीका काजीमान श्रेष्ठले ९९ र उपमेयरमा कांग्रेसका मिलन आलेले १७७ मत पाएका छन् । माओवादीबाट मेयरका उम्मेद्वार रामबहादुर थापाले ६२ र उपमेयर टोमाया रानाले ६३ मत पाएकी छन् ।  राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेयरमा उम्मेद्वारी दिएका विष्णुभक्त खनालले १० मत पाएका छन् । हालसम्म २५ मत बदर भएको बताइएको छ ।