काठमाडौं । नेपालमा गाँजा प्रतिबन्ध फुकुवा गर्न माग गर्दै सक्रिय अभियन्ताहरुले कुनैपनि डर, धाक, धम्की र त्राससामु नझुकी अभियानलाई साकार बनाएरै छाड्ने दृढता व्यक्त गरे। उनीहरुले नेपालमा गाँजा वैधानिक बनाइछाड्ने दृढता व्यक्त गरेका हुन्।

रिपोर्टर्स क्लब नेपालमा शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी अभियन्ताहरुले गाँजा अभियन्ता राजीव काफ्लेलाई गृह मन्त्रालयको ठाडो आदेशमा प्रहरीले १५ दिनसम्म थुना राखेको भन्दै विरोध गरे।

नेकपा एमालेका नेता तथा बागमती प्रदेशका सांसद केशव स्थापितले गाँजालाई फुकुवा भन्दा पनि यसलाई औषधी प्रयोजनाका लागि वैधानिकता दिनुपर्नेमा जोड दिए। उनले भने,‘नेपालमा रहेका युवाहरुलाई गाँजाको सही प्रयोग गरी रोजगारी सृजना गर्नुपर्छ।’ नेपाली काँग्रेसका कतिपय नेताहरुले समेत गाँजालाई वैधानिकता दिनपर्छ भन्दै उफ्रिएका बताए। काँग्रेसको महाधिवेशनमा समेत यस विषयमा चर्चा हुने उनको भनाई थियो।

राजाका पालामा रक्तदान गर्ने क्रममा आफूलाई प्रहरीले १४ महिनसम्म थुनेको स्मरण गराउँदै भने,‘मैले यस विषयमा माधव नेपाल सँग कुरा गरेका थिए। यस बेला निकै प्रशंसा गरेका थिए। तर, भालि पल्ट यसको प्रचार नगर्नुस यसले नकारात्मक प्रभाव पार्छ र खाएर दुःख दिन्छन् भने।’ प्रचण्डलाई यस विषयमा आवाज उठाउनु पर्छ भन्दा आफ्नो पार्टीमा लागे मात्र यस विषयमा बोल्ने शर्त राखेको स्मरण गराए। उनले भने, ‘प्रचण्डले मलाई आफ्नो पार्टीमा लागे मात्र यस विषयमा बोल्छु भने ।’ नेताहरु यस विषयप्रति अज्ञान रहेको बताए। गाँजालाई सकारात्मक ढंकले प्रयोग गरे देशको कायापलट हुने उनको भनाई थियो। आफ्नो पार्टीले गाँजालाई वैधानिकता दिन हर प्रयास गर्ने समेत उनले बताए।

गाँजा वैधानिक अभियानका अभियन्ता राजीव काफ्लेले आफू गाँजालाई वैधानिकता दिलाउन निरन्तर लाग्ने बताए। उनले भने,‘ गाँजा खाने वा ड्रग्स खानेलाई थुनेर राखे मात्र यसको नियन्त्रण हुन्छ भन्ने छैन।

यसलाई खुल्ला गरे मात्र यसको उपभोक्तामा कमी आउने छ।’ आफूहरुले सुरुमा ३० वटा निशुल्क रिह्याब सञ्चालन गरेको समेत उनले सुनाए।

यसको निर्माण वा उपचार गर्न सरकारको तर्फबाट कुनै सहयोग नपाएको बताए । गरिब प्रयोगकर्ताहरुलाई सरकारले ठिक पार्ने तर्फ उन्मसख नभई अभियोग लगाई थुन्ने काम गरिरहेको उनले बताए। गृहले जारी गरेको पत्र लिएर दुई मसहनापछि अख्तियारले आफूलाई अनुसन्धान गरी गिरफ्तारी गरेको उनले सुनाए।

अधिवक्ता साम्युन कार्कीले नेपालमै लागुऔषध नियन्त्रण ऐन २०३३ मै रहेको विभिन्न दफा र प्रकरण मै गाँजालाई वैधानिकता दिनबारे ठाँउ राखिएको बताइन्। उनले भनिन्,‘राजीव ज्युलाई अभियोग लगाएर उनलाई कस्टडीमा राखियो।

उनलाई हुई सातासम्म कैद गर्नु मेरोलाई मिसक्यारेज अफ जस्टिस हो।’ लागुऔषध सवेन गर्नु र बेचबिखन अपाराधीक कार्य रहेको उनले बताइन्।

उनले भनिन्,‘अदालतमा केही नजीरहरु छन् जसले लागुऔषधलाई क्राइमको रुपमा प्रस्तुत गरिरहका छन्।