भिमाद सञ्चार

भिमाद नगरपालिका वडा नम्बर २ र ३ मा नेकपा एमालेको प्यानल बिजयी भएको छ । नेपाली काङ्ग्रेसका उमेदवार भिम बहादुर थापा( मणि) लाई ९०५ मत को अग्रसरतामा १५६१ मत प्राप्त गरि दिनेश कुमार थापा नेकपा एमालेका उम्मेदवार बिजयी भएका हुन्  । त्यस्तै महिला सदस्य, दलित महिला सदस्य, वडा सदस्य (१) र वडा सदस्यमा सबै  बिजयी भएका छन्  ।

भिमाद नगरपालिका वडा नम्बर ३ बाट नेकपा एमालेका उम्मेदवार  नेपाली काङ्ग्रेसका उम्मेदवार धन बहादुर थापालाई १२७ मतान्तरले ६३१ मत प्राप्त गरि पदम राज सेन ठकुरी वडा अध्यक्षमा बिजयी भएका छन ।

नेकपा एमाले महिला वडा सदस्यबाट उमा कुमारीले ५९३, दलित महिला सदस्य सुमित्रा बि क ५९०, खुल्ला सदस्यमा नारायणी आले ५७७, र बसन्तसिह ठकुरीले ५७१ मत प्राप्त गरी बिजयी भएको निर्वाचन अधिकृतको कार्यलय भिमादले जनाएको छ ।