भिमाद संचार

तनहुँ ३१ बैशाख
तनहुँको भिमाद नगरपालिका वडा नम्बर ४ नेपाली काङ्ग्रेसका उम्मेदवार रामकृष्ण राना २८० मतको अग्रता गर्दै ९२१ प्राप्त गरि  वडा अध्यक्ष सहितको सिङ्गो प्यानलै बिजयी भएका छन् । भिमाद नगरपालिका वडा नम्बर ४ सम्मको  मत गणना हुदासम्म एमालेबाट मेयरका उम्मेद्वार दधिराज सुवेदीले ३७५० मत पाएका छन् । एमालेकी उपमेयरकी उम्मेद्वार शारदा खनालले ३६२३ मत पाएकी छन् ।  गठबन्धनको तर्फबाट मेयरका उम्मेद्वार एकिकृत समाजवादीका काजीमान श्रेष्ठले २६१६  र उपमेयरमा कांग्रेसका मिलन आलेले ३२५३ मत पाएका छन् । भिमाद नगरपालिकाको हकमा गठबन्दन सहितको  एकीकृत समाजबादी, नेपाली काङ्ग्रेस  र नेकपा एमाले बीच प्रतिस्पर्धात्मक रुपले मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यलय भिमादले जनाएको छ । हाम सम्मको मत गणन गर्दा भिमाद नगरपालिका १ र ४ नेपाली काङ्ग्रेसले सिङ्गो प्यानल सहित बिजयी हासिल गरेको छ । भने भिमाद नगरपालिका २ र ३ मा भने नेकपा एमालेको प्यानल बिजयी भएको छ ।