भिमाद संचार
तनहुँ ०१ जेष्ठ
तनहुँको भिमाद नगरपालिका वडा नम्बर ५ नेपाली काङ्ग्रेसका उम्मेदवार निबर्तमन वडा अध्यक्ष पदम बहादुर थापा २८९ मतको अग्रता गर्दै ११०६ प्राप्त गरि वडा अध्यक्ष सहितको सिङ्गो प्यानलै बिजयी भएका छन् । भिमाद नगरपालिका वडा नम्बर ५ सम्मको मत गणना हुदासम्म एमालेबाट मेयरका उम्मेद्वार दधिराज सुवेदीले ४५१० मत पाएका छन् । एमालेकी उपमेयरकी उम्मेद्वार शारदा खनालले ४३४० मत पाएकी छन् । गठबन्धनको तर्फबाट मेयरका उम्मेद्वार एकिकृत समाजवादीका काजीमान श्रेष्ठले ३७३२ र उपमेयरमा कांग्रेसका मिलन आलेले ४४८९ मत प्राप्त गर्दै नेपाली काङ्ग्रेसका तर्फबाट उपमेयरका उम्मेदवार मिलन आलेले अग्रता लिएका छ्न । भिमाद नगरपालिकाको हकमा गठबन्दन सहितको एकीकृत समाजबादी, नेपाली काङ्ग्रेस र नेकपा एमाले बीच प्रतिस्पर्धात्मक रुपले मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यलय भिमादले जनाएको छ । हाम सम्मको मत गणन गर्दा भिमाद नगरपालिका ४ र ५ नेपाली काङ्ग्रेसले सिङ्गो प्यानल सहित बिजयी हासिल गरेको छ । भिमाद १ मा अध्यक्षमा काङ्ग्रेस र वडा सदस्यमा नेकपा एमालेको बिजयी भएका छ्न । भने भिमाद नगरपालिका २ र ३ मा भने नेकपा एमालेको प्यानल बिजयी भएको छ ।