भिमाद संचार

तनहुँ ०१ जेष्ठ

तनहुँको भिमाद नगरपालिका वडा नम्बर ६ नेपाली काङ्ग्रेसका उम्मेदवार निबर्तमन वडा अध्यक्ष  श्यामसुन्दर जोशी २२१ मतको अग्रता गर्दै १०१४ प्राप्त गरि  वडा अध्यक्षमा  बिजयी भएका छन् । उक्त वडामा भने महिला वडा सदस्य इन्दिरा खड्का, दलित महिला सदस्य कोपिला नेपाली , खुल्ला  सदस्य पदम कुमार श्रेष्ठ र  अर्का खुल्ला सदस्यमा बेल बहादुर थापा नेकपा एमालेका उम्मेदवार बिजयी भएका छन्  ।  भिमाद नगरपालिका वडा नम्बर ६ सम्मको  मत गणना हुदासम्म एमालेबाट मेयरका उम्मेद्वार दधिराज सुवेदीले ५४४९ मत पाएका छन् । एमालेकी उपमेयरकी उम्मेद्वार शारदा खनालले ५११९ मत पाएकी छन् ।  गठबन्धनको तर्फबाट मेयरका उम्मेद्वार एकिकृत समाजवादीका काजीमान श्रेष्ठले ४५१६  र उपमेयरमा कांग्रेसका मिलन आलेले ५५३० मत प्राप्त गर्दै नेपाली काङ्ग्रेसका तर्फबाट उपमेयरका उम्मेदवार मिलन आलेले अग्रता लिएका छ्न ।  भिमाद नगरपालिकाको हकमा गठबन्दन सहितको  एकीकृत समाजबादी, नेपाली काङ्ग्रेस  र नेकपा एमाले बीच प्रतिस्पर्धात्मक रुपले मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यलय भिमादले जनाएको छ । हाम सम्मको मत गणन गर्दा भिमाद नगरपालिका ४ र ५ नेपाली काङ्ग्रेसले सिङ्गो प्यानल सहित बिजयी हासिल गरेको छ ।  भिमाद १ मा अध्यक्षमा काङ्ग्रेस र वडा सदस्यमा नेकपा एमालेको बिजयी भएका छ्न । भने भिमाद नगरपालिका २ र ३ मा भने नेकपा एमालेको प्यानल बिजयी भएको छ ।