भिमाद संचार

तनहुँ ०१ जेष्ठ

तनहुँको भिमाद नगरपालिका वडा नम्बर ७ नेकपा एमालेका  उम्मेदवार प्रकाश श्रेष्ठले नेपाली काङ्ग्रेसका प्रतिस्पर्धि बद्रीनाथ सुवेदी लाई ४३७ मतको अग्रता गर्दै ८४२  प्राप्त गरि  वडा अध्यक्षमा  बिजयी भएका छन् । माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवारले २४ मत र त्यस्तै राप्रपाका प्रत्याशि उम्मेदवारले १६ मत प्राप्त गरेका छ्न । भिमाद नगरपालिका वडा नम्बर ७ मा नेकपा एमालेले सिङ्गो प्यानलै बिजयी भएको निर्वाचन कार्यलय भिमादले जनाएको छ ।  भिमाद नगरपालिका वडा नम्बर ७ सम्मको  मत गणना हुदासम्म एमालेबाट मेयरका उम्मेद्वार दधिराज सुवेदीले ६२४४ मत पाएका छन् । एमालेकी उपमेयरकी उम्मेद्वार शारदा खनालले ५८४१ मत पाएकी छन् ।  गठबन्धनको तर्फबाट मेयरका उम्मेद्वार एकिकृत समाजवादीका काजीमान श्रेष्ठले ४९५१  र उपमेयरमा कांग्रेसका मिलन आलेले ६०७५ मत प्राप्त गर्दै नेपाली काङ्ग्रेसका तर्फबाट उपमेयरका उम्मेदवार मिलन आलेले अग्रता लिएका छ्न ।   हाम सम्मको मत गणन गर्दा भिमाद नगरपालिका ४ र ५ नेपाली काङ्ग्रेसले सिङ्गो प्यानल सहित बिजयी हासिल गरेको छ ।  भिमाद १ मा अध्यक्षमा काङ्ग्रेस र वडा सदस्यमा नेकपा एमालेको बिजयी भएका छ्न । भने भिमाद नगरपालिका २ , ३  र ७ मा भने नेकपा एमालेको प्यानल बिजयी भएको छ ।