तनहुँकाे भिमाद नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेले विजय हासिल गरेको छ । गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै प्रमुख, उपप्रमुख र बहुमत वडा एमालेले जितेको हो । नगर प्रमुखमा दधिराज सुवेदी ८ हजार १२८ मत प्राप्त गरी विजयी भएका हुन् । प्रतिस्पर्धी गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका काजीमान श्रेष्ठले ५ हजार ८५७ मत प्राप्त गरे ।उपप्रमुखमा एमालेकै शारदा खनाल ७ हजार ६६७ मत प्राप्त गरी विजयी भइन् । प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसका मिलन आलेले ७ हजार २०५ मत प्राप्त गरे । भिमाद ८ बाट नेकपा एमालेका वडा उम्मेदवार अण बहादुर शाहीले नेपाली काङ्ग्रेसका उम्मेदवार श्याम बहादुर तिवारीलाई १७८ मतको अग्रताले ८१४ मत प्राप्त गरि सिङ्गो प्यानलै बिजयी भएका छ्न । भिमाद ९ बाट नेकपा एमालेका वडा उम्मेदवार रन बहादुर थापाले नेपाली काङ्ग्रेसका उम्मेदवार मन बहादुर थापालाई ५४५ मतको अग्रताले १०४० मत प्राप्त गरि सिङ्गो प्यानलै बिजयी भएका छ्न ।