भिमाद सञ्चार 
तनहुँ १२ जेष्ठ  
धादिङ्ग जिल्लाको धुनिबेशी नगरपालिका–९ बस्ने दिनेश लामाको १४ महिने छोरा प्रियन्सको अण्डाकोषमा क्यान्सर भएको छ ।

नाबालकमा क्यान्सर भएसंगै परिवारजनमा चिन्ता छाएको हो । आर्थिक अवस्था अत्यन्तै नाजुक लामा परिवारले छोरा बचाई दिन सबै पक्षसंग बिनय गरेका छन्  । छोराको उपचारको लागि आर्थिक सहयोग गरिदिन बुबा दिनेश लामाले सबै पक्षमा आग्रह गरेका हुन् । छोरा प्रियन्स लामाको नाउँमा कीर्तिपुर शाखामा रहेको माछापुच्छे बैक लिमिटेडको खाता नंम्बर: १६६०९५१८७६४०००१० मा रकम जम्मा गरी सहयोग गरिदिन आग्रह गरेका छन् ।

बालकमा अचानक समस्या आएपछि गत बैशाख २९ गते काठमाण्डौ स्थित कान्ति बाल अस्पतालमा स्वास्थ्य परीक्षणको लागि लैजाँदा बालकमा क्यान्सर पत्ता लागेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका   छन् ।