भिमाद सञ्चार
तनहुँ जेष्ठ १३
बालेन शाह काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित ।

काठमाडौं महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन शाह औपचारिक जितपछि बालेनले आफ्ना समर्थक र विपक्षीको धन्यवाद दिदै काठमाण्डौलई बिश्वकै सुन्दर सहर बनाउने घोषण गरेका छन् ।

मतदाताहरूले आफूलाई काठमाडौँ महानगरको जिम्मेवारी बोक्न योग्य भएको भन्दै विश्वास गरेको बताए । उनले विश्वासमा कसैको जित वा हार नहुने बताएका छन् । यस्तै आफूहरूले विजय जुलुस निकालेर अरूलाई पराजित भन्ने सङ्केत नगर्न पनि अनुरोध गरेका छन्।

‘यसको स्वामित्व हरेक नेपालीले जहाँबाट जसरी पनि लिइदिए हामी खुसी हुनेछौ,’ उनले भनेका छन्।

त्यसको सट्टामा आफूहरू भएकै ठाउँमा धन्यवाद र्‍याली गर्न अनुरोध गरेका छन् । ‘अभियानको अहिलेसम्मको सफलताका लागि खुसीयाली प्रकट गर्ने नै हो भने पनि तपाईँ रहेकै क्षेत्रमा ’धन्यवाद र्‍याली’ गर्नु होला। त्यसले सो स्थानमा बढी प्रभाव छोड्छ,’ उनले भने, ‘नेपालमा बालेन मात्रैको यो अभियान होइन, यो नेपालभरको अभियान हो भन्ने सन्देश जान्छ । ’बालेन’हरूका लागि देशभरका नागरिक साथसाथै रहन्छन् भन्ने देखिन्छ। यहाँ पनि यस्तो किसिमको चेतना र अभिमत रहेछ भनेर प्रोत्साहन हुनेछ।’

जित–हारलाई मतगणना सकिएसँगै सकिदिन सक्नु पर्छ । घोषणापत्रमा भएका कुराहरू लागू गर्न सकेका दिन सबै मिलेर विजय उत्सव मनाउँला। तर अहिले विजय जुलुस भनेर अरूलाई पराजित भन्ने सङ्केतसम्म पनि नगरौँ।

अभियानको अहिलेसम्मको सफलताका लागि खुसीयाली प्रकट गर्ने नै हो भने पनि तपाईँ रहेकै क्षेत्रमा ’धन्यवाद र्‍याली’ गर्नुहोला । त्यसले सो स्थानमा बढी प्रभाव छोड्छ। नेपालमा बालेन मात्रैको यो अभियान होइन, यो नेपालभरको अभियान हो भन्ने सन्देश जान्छ। ’बालेन’हरूका लागि देशभरका नागरिक साथसाथै रहन्छन् भन्ने देखिन्छ। यहाँ पनि यस्तो किसिमको चेतना र अभिमत रहेछ भनेर प्रोत्साहन हुनेछ।

अबको बाटो सहज छैन। हाम्रो अभियानको वास्तविक परीक्षा अब सुरु हुनेछ । हामीले हिँड्ने सही बाटो, चाल्ने उपयुक्त कदम र गर्ने अधिकतम सत्प्रयासहरूले हाम्रो अभियान र महानगरको उन्नतिलाई प्रभाव पार्नेछ । हामीलाई साथ र सुझाव जति महत्त्वपूर्ण छ, उति नै खाँचो पर्नेछ खबरदारीको। हामीले बाटो बिराउन लाग्यौँ भने खबरदारी गर्नुहोला। अनि हाम्रो अभियानको ऊर्जाको लागि हामी सधैँ तपाईँहरूसँग जोडिरहेका हुन्छौँ। तपाईँहरूको उपस्थिति र साथको आवश्यकता महसुस हुने बित्तिकै हामी आवाज दिनेछौँ।

अहिलेलाई यो अभियानलाई देशव्यापी बनाउने प्रयास गरौँ। हरेक टोलटोल र गाउँ गाउँमा ’बालेन’हरू भेटिउन् जसले केवल जनमतका आधारमा परिवर्तनको जिम्मेवारी बोक्न सकुन्, अवसर पाउन सकुन्। अबको हाम्रो पहिलो यात्रा काठमाडौँको मुहार फेर्नलाई हुनेछ। मिलेर अगाडि बढौँ।