भिमाद सञ्चार

तनहुँ जेष्ठ १४

देशमा हालै सम्पन्न स्थानीय तहको निर्वाचन २०७९ को काठमाण्डाै महानगरपालिका र धरान उप महानगरपालिका बाट स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र शाह (बालेन) र हर्क सामपाङ बिजय भए सँगै भिमादका युवाहरूले पनि १४ गते शनिबार भिमाद नगरपालिका भित्र शान्तिपूर्ण रूपमा बधाई र्‍याली सम्पन्न गरेका छन्  ।

उक्त र्‍याली  जन ज्योति उच्च मा.बिको गेट अगाडीबाट सुरु भई कुमारचोक,न्युरोड ,माझटार , नगरपालिका चोक,शान्तिनगर ,बसपार्क हुदै पुन: जन ज्योति उच्च मा.बि गेट अगाडि आइ समापन भएको थियो । युवा हरुलाई राजनीतिक परिवर्तनमा प्रजातान्त्रिक अभ्यासको बिचमा समाज परिवर्तनको स्वरुपमा नयाँ आयम ल्याउन सफल बालेन शाह र हर्क सामपाङ प्रति धन्यवाद ज्ञापन गर्दै उक्त कार्यक्रम सम्पन्न भएको थियो । यो जितबाट देशमा हरेक स्थानीय तहमा बिज्ञ, जुझारु र त्यहाँको भुगोल अवस्थ  र  आबश्यकता लाई बुझेको युवा को खाँचो भएको र  जसलाई देशका हरेक कुना बाट परिवर्तन चाहने युवाहरूको साथ समर्थन रहने पनि उक्त र्‍यालीमा सहभागीहरुले  आ-आफ्न अभिव्यक्तिहरु व्यक्त गरेका थिए  ।