भिमाद सञ्चार
तनहुँ १५ जेठ

पोखराबाट १९ जना यात्रु लिएर मुस्ताङको जोमसोम उडेको तारा एयरको खोजीमा खटिएको टोली मुस्ताङको घाँसा केन्द्रित भएको जानकारी स्रोतले जनाएकोछ । स्थानीयले ठूलो आवाज सुनिएको र आगो बलेको देखिएको भनेर खबर गरेपछि टोली त्यसतर्फ गएको हो ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले आफूले पनि त्यो सूचना पाएको तर एकिन भइनसकेको बताए ।

तारा एयरको उक्त जहाज पोखराबाट १९ जना यात्रु लिएर मुस्ताङको जोमसोम उडेको थियो । उक्त जहाज सिनियर क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए ।

२२ यात्रु थिए जहाजमा नामावली
सहित तीन जना चालक दलका सदस्य सहित १९ यात्रु बोकेर उडेको तारा एयरको जहाज बिहान १० बजेर १० मिनेट जाँदादेखि सम्पर्क विहीन भएको थियो ।

जहाजमा चालक दलका तीन सदस्यसहित १९ यात्रु रहेका थिए ।

युवे विल्नर
रितिका त्रिपाठी
धनुष त्रिपाठी
अकोश कुमार त्रिपाठी
तुलसा देवी तामाङ
सुकुमाया तामाङ
राममाया तामाङ
मकरबहादुर तामाङ
प्रकाश सुनुवार
रोजिना श्रेष्ठ
रश्मी श्रेष्ठ
रविना श्रेष्ठ
गणेशनारायण श्रेष्ठ
बसन्त लामा
माइक ग्रीट ग्य्राफ
राजन कुमार गोले
पुरुषोत्तम गोले
इन्द्रबहादुर गोले
वैभवी बान्डेकर

चालक दल
क्याप्टेन प्रभाकर घिमिरे
उत्सव पोखरेल
किस्मी थापा