भिमाद सञ्चार
तनहुँ जेष्ठ १५

उत्पादनशील क्षेत्र र व्यावसायिक क्षेत्रमा प्रवाह हुने कर्जाको ब्याजदर फरक पारिने भएको छ ।

आगामी आर्थिक वर्षको लागि सरकारले ल्याएको बजेटमा ब्याजरको अन्तर कायम गरिने भनिएको हो ।

पिछडिएको र दलित जातिले सञ्चालन गर्ने व्यवसायको सहुलियत कर्जाको ब्याजदर झनै कम हुने भएको छ।

सहुलियत दरमा पनि अन्यलाई भन्दा १ प्रतिशत कम गरिने अर्थमन्त्री जनार्दन शर्माले बताए।

सबै क्षेत्रको सहुलियत कर्जा प्रदान कर्जा त्यसको लागि प्रदान गर्ने अनुदान सरकारले १३ अर्ब रुपैयाँ विनियोजन गरेको हो ।