भिमाद सञ्चार

तनहुँ १५ जेष्ठ

बिगत लामो समय देखि तनहुँ भित्र रहेर गित संगीत सम्बन्धि  कला र सस्कृतिको संरक्षण र जगेर्ना गर्ने उद्देश्य बोकेर आएको तनहुँ कलाकार संघले  जेष्ठ १५ गते हालै तनहुँको पर्यटकिय स्थल तनहुँको म्याग्दे गाउँपालिकामा रहेको अकला मन्दिरको एक सभा हलमा  तेस्रो अधिबेशन सम्पन्न गरेको छ ।

तनहुँ कलाकार संघका अध्यक्ष याम सागर को अध्यक्षतामा र लामो समय देखि अमेरिका बस्दै आएका तनहुँको म्याग्दे गाउपालिका नेपालको स्थायी ठेगाना घर भएका वरिष्ठ समाज सेवि लक्ष्मण मल्लको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा वरिष्ठ संगीतकार एवम् सर्जक दिवन किनार लगाएत कलाकारहरुको बाक्लो उपस्थितिका साथ कार्यक्रम भएको हो । त्यस दिनका  कार्यक्रम संचालन भने रेडियो नेपालका तनहुँ सम्बाददाता अशोक बिश्वाकर्माले गरेका थिए  ।

कृष्ण प्रसाद गौतमको अध्यक्षमा १३ सदस्यीय कार्यसमिति सर्बसम्मतिले चयनभएका छन् ।

अध्यक्ष :कृष्ण प्रसाद गौतम

उपाध्यक्ष :कृष्ण बहादुर गहतराज,

सचिब :मनिला श्रेष्ठ ,

सहसचिव :अर्जुन अधिकारी ,

कोषध्यक्ष:मिन गुरुङ ,

सदस्यहरु:

रुपा थापा मगर,

पबित्र थापा मगर,

लक्ष्मी कुमाल,

हिरा थापा मगर,

रितु मल्ल शाहि,

आसिका नेपाली

गरि एक जन थप्ने गरि कार्यसमिति तयर गरेको छ ।

साथै संस्था संरक्षक संम्योजकमा दिलिप कुमार श्रेष्ठ

सदस्यहरु लक्ष्मण मल्ल,

याम सागर बि.क रहेका छन् ।

सल्लाहकार संम्योजकमा दिवान किनार

सदस्यहरु सृजना आले मगर ,

दिपक राई रहेका छन् ।

लेखा समितिको संम्योजक धर्म नेपाली

सदस्य गंग थापा मगर ,

भिम माया श्रेष्ठ रहेका छन ।

कार्यक्रममा संगीतमय रुमप विभिन्न सास्कृतिक प्रस्नुतिहरुका साथ सम्पन्न भएको थियो ।