भिमाद सञ्चार

तनहुँ १७ जेष्ठ

तनहुँको भिमाद नगरपालिकाले महिला, दलित वा अल्पसंख्यकको तर्फबाट प्रतिनिधित्व हुनुपर्ने प्रतिनिधि अन्तरगत  कार्यपालिका सदस्यमा १७ गते मंगलबार भएको निर्वाचन बाट नेकपा एमालेका उम्मेदवार निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यलयल भिमादले जनाएको छ ।

 

 

 

 

 

महिला खुल्ला तर्फ इन्दिरा खड्का, स्यानि माया थापा, दमन्ति शाहि ठकुरी, ओम कुमारी थापा र उमा कुमाल रहेका छन् । त्यस्तै दलित खुल्ला तर्फ बिरु बस्याल, सन्दीप परियार, संगीता बि क निर्वाचित भएका छन् ।

निर्वाचित भए संगै  बिजयी टोलिले बाजा गाजाको साथमा र्‍याली निकालेका हुन् । उक्त र्‍याली भिमादको नगरपालिकाको कार्यलय बाट सुरु गरि लखन चोक, क्याम्पस रोड हुँदै पुन नगरपालिकाको कार्यलय पुगि टुंगिएको थियो ।