भिमाद सञ्चार

तनहुँ जेष्ठ १८

तनहुँ भिमाद नगरपालिका वडा न ५ बुढाकोट बेसारे डाडा बस्ने सन्त बहादुर बि क को घरमा माओवादी केन्द्रका प्रदेश सदस्य क.ओमराज आले( मदन) लगाएतका माओवादी केन्द्र भिमाद नगर कमिका सदस्यहरु बाट घर छाउने टिन १२ फुटे १८ पाता, प्लेन सिट र काटी किला लिएर घरैमा पुगेका छन् ।

बिगत लामो समय देखि गाउमै ज्याला मजदुरी गर्दै बाउ बाजेले गर्दै आएका पुर्ख्याउली पेशा आरन पेशालाई अगाल्दै जिबिको गुजारा चलाउदै आएका बिक लामो समय देखि खरले छाएको एक तले घरमा बस्दै आएका रहेछन् । पछिल्लो समयमा खरको अभाव संगै घर चुहिने भएपछि प्लास्टिकले टालटुल गरेर बस्दै आएको  उनले बताए  ।

खरको छानो हटाएर जस्ताले छानो छाउने कार्यक्रम आएको  र उक्त विषयमा जानकारी भए संगै वडा   र पालिकामा पटकपटक निवेदन बुझाएको, कैयौं पटक ध्यानाकर्षण गराउदा समेत आजको मिति सम्म वडा   र पालिका बाट कुनै प्रतिक्रिया आएकोमा दुख व्यक्त गरेका छन्  ।

बिकको  ३ भाइ छोरा र २ छोरी रहेका छन् । आफ्ना गुनासा कहि कतै बाट सुनुवाइ नभएपछि माओवादी केन्द्रप्रदेश सदस्य ओम राज आले ( मदन)  संगको भेटमा आफ्ना समस्य जनाउदा आलेले वचन दिएका रहेछन् । जब आले ले १५ दिन अगाडि जस्ता उपलब्ध गराउने बचन प्रतिबद्ध गराउदा बि क का श्रीमती बिरामी रहिछन्  । जेष्ठ  १८ मङलबारको दिन सामाग्री लिएर जाने क्रममा सुन्तलीको निधन भएको १० दिन भइ सकेकोमा धेरै दुखि हुँदै : मैले दिएको बाचा ढिलो भएछ भन्दै सहानुभूति व्यक्त गरे ।

कैयौं पालिकाहरुमा कुनै पनि लक्षित कार्यक्रमहरु वास्तविक लक्षित समुह समक्ष पुग्न नसकीरहदा त्यस्ता समुहको पहिचान गरि  काम गर्नु पर्नेमा गम्भीरता पुर्बक ध्यान दिनु पर्ने देखिएको बताए ।