भारतबाट भन्सार छलेर आइफोन सहित ६१ थान मोवाइल नेपाल भित्र्याएको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

उनीहरूलाई महानगरीय महाशाखाबाट खटिएको टोलीले पक्राउ गरी थप कारबाहीको लागि त्रिभुवन अन्तराष्ट्रिय भन्सार कार्यालय गौचरणमा बुझाएको छ ।

यसरी पक्राउ पर्नेमा महोत्तरी बर्दिबास घर भई हाल काठमाडौंको शंखमुलमा बस्ने आकाश कार्की र सोहि जिल्लाका जडिबुटी बस्ने अमित कुमार महत्तो रहेको प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट भिभो कम्पनीका १२ थान, ‌ओप्पो कम्पनिका ११ थान, सामसङ कम्पनिका १० थान, रेडमी कम्पनिका ९ थान, आइफोन ८ थान, रियलमी ४ थान एमआइ ३ थान र अन्य कम्पनीका ३ थान गरी कूल ६१ थान मोबाइलसहित पक्राउ गरिएको हो ।