भिमाद सञ्चार

तनहुँ जेष्ठ १८

सुर्य नेपाल प्रालि शेराटारले तनहुँको भिमाद नगरपालिका ६ मा रहेको जनज्योति क्याम्पसलाई ७ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । क्याम्पसको शैक्षिक गुणस्तर तथा प्रविधि विकासको लागि सहयोग गरेको सुर्य नेपाल प्रालिले जनाएको छ ।

सुर्य नेपाल प्रालिले गरेको सहयोग प्रति खुशी लागेको जनज्योति क्याम्पसका क्याम्पस प्रमुख केशवराज काफ्लेले बताए । विगत लामो समयदेखि गुणस्तरीय शैक्षिक थलोको रूपमा रहँदै जनज्योति क्याम्पसलाई सुर्य नेपालको सहयोग प्रशंसनीय रहेको उनले बताए ।

सुर्य नेपालको सहयोगलाई क्याम्पसले शैक्षिक एबम् प्राविधि विकासमा लगानी गरी विद्यार्थीहरुलाई प्रत्यक्ष लाभान्वित बनाईने उनले बताए ।